नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने « Khabarhub

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख सहयोग प्रदान गर्ने भएका छन् । 

भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् । 

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले पालिका र जनप्रतिनिधिको तर्फबाट रु १५ लाख सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए । 

नेपाल सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिन मध्यविन्दु नगरपालिका प्रतिबद्ध रहेको उनले बताए। 

मध्यविन्दु नगर कार्यपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट पाँच लाख, जनप्रतिनिधिको तर्फबाट रु चार लाख तथा कर्मचारीको तर्फबाट रु छ लाख गरी जम्मा १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरिएको अधिकारीले बताए। 

उनले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्नसमेत सम्पूर्ण मध्यविन्दु नगरवासीमा अपिल पनि गरे।

त्यसैगरी, देवचुली नगरपालिकाले रु आठ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए । नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको तर्फबाट रु चार लाख तथा जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु चार लाख गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु आठ लाख सहयोग गर्ने निर्णय गरिएको उनले बताए। 

यस दुःखद् क्षणमा प्रभावित परिवारलाई आवश्यक सहयोग र विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गरिदिनुहुन सम्पूर्ण देवचुली नगरवासीमा हार्दिक अपील गरिएको न्यौपानेको भनाइ छ । 

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ४ : ४३ बजे

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र