भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल « Khabarhub

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा आज सङ्घीय सांसदसँग छलफल गरेकी छन्।

छलफलमा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्री शीघ्र पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकामा जोड दिइन् । 

मन्त्री चौधरीको सचिवालयका अनुसार उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने बताइन्।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

छलफलमा प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा, सांसद सुरेश चौधरी, सांसद जनकसिंह धामी, सांसद ओजस्वी श्रीचन, सांसद धर्म केसी, सांसद अनुश्का श्रेष्ठ, सांसद श्रद्धा कुँवर, सांसद सृजना श्रेष्ठ र सांसद राम लामाको सहभागी थिए।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ५ : ५७ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये