एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो « Khabarhub

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डि’ओर जित्न योग्य रहेको बताएका छन् । उनले भनेका छन्, “यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताले निर्धारण गर्ने नभई ‘विश्वको उत्कृष्ट खेलाडी’ लाई दिनुपर्छ ।

“विश्वका उत्कृष्ट खेलाडीहरू हातमा गन्न सकिने अर्थात् दुई, तीन वा चार जना छन् र हामीलाई थाहा छ उनीहरू को हुन्,” मउरिन्होले शनिबार ला लिगामा मालागाविरुद्धको खेलअघि पत्रकारहरूसँग भने ।

एमबाप्पेको सन्दर्भमा सङ्केत गर्दै उनले भने, “मेरो विचारमा व्यक्तिगत रूपमा यस ग्रीष्मकालमा इतिहास रच्न सफल एउटा योग्य खेलाडी हुनुहुन्छ र उनी नै बालोन डि’ओरका लागि योग्य हो ।” एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए ।

फ्रान्सका कप्तान एमबाप्पे बालोन डि’ओरका दाबेदारहरूमध्ये एक हुन् । उनी गत सिजनमा ला लिगा, च्याम्पियन्स लिग र सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए ।”

उनका प्रतिद्वन्द्वीहरूमा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केन, स्पेनका मिडफिल्डर तथा विश्वकप विजेता रोद्री, र पेरिस सेन्ट–जर्मेनका युरोपियन च्याम्पियन ओउस्मान डेम्बेले र ख्विचा क्वारात्स्केलिया छन्।

एमबाप्पेले बुधबार रियल सोसिएदादविरुद्ध ४–१ को जितमा ह्याट्रिक गरेका थिए । शनिबार म्याड्रिडस्थित खेलकुद दैनिक एएसको अग्रपृष्ठमा ‘एमबाप्पे बालोन डी’ओरको लक्ष्य’ शीर्षकमा उनी देखिएका थिए ।

“च्याम्पियन्स लिग वा विश्वकप जितेकै कारण मात्र बालोन डि’ओर दिन सकिँदैन,” मउरिन्होले भने ।

उनले भने, “मेरो बिचारमा बालोन डि’ओर म्याराडोना, रोनाल्डिन्हो, रोनाल्डो नाजारियो, क्रिस्टियानो रोनाल्डो, मेस्सी, जिदानजस्ता ती खेलाडीहरूलाई जानुपर्छ जो सेवानिवृत्त हुँदा सधैँ याद गरिनेछन् ।”

मउरिन्होले थपे, “यदि हामी च्याम्पियन्स लिगलाई पुरस्कृत गर्न चाहन्छौँ भने लुइस एनरिकलाई दिउँ । स्पेनी राष्ट्रिय टिमका लागि ९लुइस० दे ला फुएन्तेलाई दिऊ । विश्वको उत्कृष्ट खेलाडी भनेको अर्कै कुरा हो र उनी न त पिएसजीमा हुनुहुन्छ न स्पेनी टिममा रहनुभएको छ ।”

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : ०९ बजे

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि