भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद « Khabarhub

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली सेनाले गरेको सहयोगप्रति भारतीय नागरिक तथा भारत सरकारका तर्फबाट धन्यवाद दिइएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा अलपत्र परेका भारतीय पर्यटक, तीर्थयात्री तथा कामदारको नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनुका साथै खाना र आश्रयको व्यवस्था गरेको भन्दै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली सेना र नेपाल सरकारप्रति आभार व्यक्त गरेका छन्।

विशेषगरी तमिलनाडुबाट आएका २१ जना तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको थियो। उनीहरूलाई भारत फर्किएपछि विदेशमन्त्री जयशंकरले भेटेका थिए।

भेटका क्रममा उनले नेपाली सेना तथा नेपाल सरकारले संकटका बेला भारतीय नागरिकलाई गरेको सहयोगप्रति धन्यवाद दिएका हुन्।

बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजना तथा अन्य स्थानमा फसेका भारतीय नागरिकको उद्धारमा पनि नेपाली सेनाले सक्रियता देखाएको थियो। विभिन्न स्थानबाट भारतीय नागरिक तथा कामदारलाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ।

यसैबीच, भारतले नेपालको उद्धार तथा राहत अभियानमा सहयोग गर्न मानवीय सहायता सामग्री र प्राविधिक टोलीसमेत पठाएको छ।

भारतबाट आएको ११ सदस्यीय मेडिकल तथा टनेल उद्धार टोलीले आवश्यक राहत सामग्रीसहित नेपाल आएर बाढी प्रभावित क्षेत्रका सुरुङहरूको स्थलगत निरीक्षण गरेको थियो।

भारतीय प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत रेकी गरी उद्धारको सम्भावना र आवश्यक प्राविधिक उपायबारे अध्ययन गरेको छ। टोलीको सिफारिसका आधारमा आवश्यक उपकरणसहितको थप विशेषज्ञ उद्धार टोली नेपाल आउने तयारीमा रहेको जनाइएको छ।

भारतले नेपालमा आएको विनाशकारी बाढीपछि हालसम्म ५७.५ मेट्रिक टन मानवीय सहायता सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ।

भारतले नेपालको उद्धार तथा राहत प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। बाढीपछिको संकटमा नेपाली सेनाले भारतीय नागरिकको उद्धार तथा संरक्षणमा खेलेको भूमिकालाई भारतले द्विपक्षीय सहयोगको महत्वपूर्ण उदाहरणका रूपमा लिएको छ।

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ८ : ३३ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये