कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती « Khabarhub

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ। आइतबार बिहानैदेखि नदीले कटान गर्न थालेपछि उनले घरका सामान निकालेर सडकमा थुपारेका छन्। तर ती सामान बोकेर कहाँ जाने भन्ने टुङ्गो उनले अझै पाउन सकेका छैनन्।

“करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था रहेन,” सामान सार्दै गरेका गमबहादुरले भक्कानिँदै भने, “वैदेशिक रोजगारीबाट जोडेको एक रोपनीभन्दा बढी जग्गा र २० वर्षदेखि बस्दै आएको घर छाडेर हिँड्नुपरेको छ।”

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक खण्डमा पर्ने आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर कुनै समय पर्यटकीय तथा व्यापारिक केन्द्रजस्तै थियो। स्थानीय परिकारका लागि चर्चित यहाँका रेस्टुरेन्ट असोज ८ देखि ११ गतेसम्मको झरीपछिको बाढीले उजाडिएका छन्।

अर्का रेस्टुरेन्ट व्यवसायी गोपाल भण्डारी पनि जीवनभरको कमाइले बनाएको घर छाड्न बाध्य छन्। नदीले धार परिवर्तन गरी खेलमैदानको ८० प्रतिशत भाग कटान गर्दै घरछेउबाट बग्न थालेको छ। “पचास मिटर टाढा बगिरहेको नदी एक्कासी बस्तीमा आउला भन्ने कल्पना पनि थिएन,” भण्डारीले भने।

तिल्केनीका चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङ दुई दशकदेखि गर्दै आएको व्यवसाय छाडेर गलेश्वर सरेका छन्। स्थानीय हरि चन्दका अनुसार घुमाउने तालनजिकै कालीगण्डकीले कटान गरेपछि मानिसहरू रातभर डाँडाका कुखुरा फार्ममा सुत्न थालेका छन्। बाढीले घुमाउने ताल र पर्वतको जलजला जोड्ने झोलुङ्गे पुल बगाएपछि खानेपानीको पाइपलाइन फुटेर खानेपानीको अभाव हुनुका साथै आवतजावत ठप्प बनेको छ।

बाढी र कटानका कारण गत सातादेखि परीक्षण उत्पादन सुरु गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको उत्पादनसमेत बन्द भएको छ। कालीगण्डकीले धार परिवर्तन गरेर टेलरेस र स्वीचयार्ड नजिकैबाट बग्न थालेपछि उत्पादन बन्द गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले बताए। बाढीले बेनी–जोमसोम सडक खण्ड बगाउनुका साथै भारतीय ठेकेदार कम्पनी जेपी एसोसिएट्सका करिब २० वटा सवारीसाधन र उपकरण बगाएको छ।

यसैगरी कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गममा रहेको पवित्र राममन्दिर क्षेत्रसमेत जोखिममा परेको छ भने माथिबाट खसेको लेदो र पहिरोले राहुघाटका २१ घरपरिवार जोखिममा परेका छन्।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ३४ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र