आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ? « Khabarhub

एसियन ग्रेम्स क्रिकेट

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

दर्शकको आक्रोश : गाउँका भाले कपमा पनि पानी पर्दा खेलको समय सारिन्छ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार खेल वर्षाले प्रभावित हुँदा चार वटा कम वरीयताका देश प्रतियोगिताबाट बाहिरिएका छन् । विश्व क्रिकेटको नियामक निकायम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियम अनुसार नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया क्वाटरफाइन प्रतिस्पर्धा नगरी बाहिरिएका हुन् ।

उच्च वरियताकै कारण समूह चरणका खेल नलेखी क्वाटरफाइनलमा खेल्न तयार भएका भारत, श्रीलंका, पाकिस्तान र बंगलादेश सिधै सेमिफाइनलमा पुगेका छन् । नेपाल र श्रीलंकाबीचको खेल मंगलबार बिहान हुन नसक्दा श्रीलंका सेमिफाइनलमा पुगेको हो । श्रीलंकाले अब उपाधि होडमा रहेको भारतसँग प्रतिस्पर्धा गर्दैैछ ।

मंगलबारका लागि तोकिएको मलेसिया र बंगलादेशबीचको खेल वर्षाले हुन नसक्दा बंगलादेश सिधै सेमिफाइनल पुगेको हो । उसले सेमिफाइनलमा पाकिस्तानको सामना गर्दैछ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका बल र ब्याट छुन नपाउँदै सेमिफाइनलमा पुगेका हुन् । वर्षाका कारण ठुला टिमसँग खेल्ने र नयाँ अनुभव हासिल गर्ने वा जितेर आफ्नो क्षमता देखाउने साना देशको सपना अधुरो भएको छ । यसरी क्वाटरफाइनलमा पुगेर पनि खेल नगरी बाहिरिने टिममा नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया छन् । क्वाटरफाइनलका चार वटा खेल नै रद्ध हुँदा आईसीसीको नियममाथि नै प्रश्न उठेको हो ।

वरीयतामाथि प्रश्न

एसियन गेम्स जस्ता बहुखेलकुद प्रतियोगितामा क्रिकेटका लागि छुट्ट्याइएको समय सीमित हुने भएकाले खेल तालिका निकै छोटो बनाइन्छ। सन् २०२६ को पुरुष क्रिकेट अन्तर्गत सेप्टेम्बर २८ र २९ मा क्वाटरफाइनल, अक्टोबर १ मा सेमिफाइनल तथा अक्टोबर ३ मा पदकका खेल तय गरिएका छन्।

यस्तो तालिकामा वर्षाका कारण खेल रोकिँदा त्यसलाई अर्को दिन सार्ने वा हरेक नकआउट म्याचका लागि ‘रिजर्भ डे’ राख्ने विकल्प न्यून हुन्छ। त्यसैले खेल हुन नसकेको अवस्थामा अर्को चरणमा पुग्ने टोली चयनका लागि आईसीसी टी-२० आई वरीयतालाई पूर्वसर्त बनाइयो।

वरीयताका आधारमा टोली अघि बढाउने नियम पूर्वनिर्धारित र प्राविधिक रूपमा स्पष्ट भए पनि यसले खासगरी एसोसिएट टोलीमाथि गम्भीर अन्याय गरेको छ। एसोसिएट राष्ट्रहरूले प्रतियोगिताको समूह चरण पार गरेर मात्र क्वाटरफाइनलको यात्रा तय गरेका हुन्छन्। अर्कातिर, उच्च वरीयताका टोलीले भने समूह चरण नै नखेली सिधै क्वाटरफाइनलमा प्रवेश पाउँछन्।

यसपटक वर्षाका कारण खेल रद्द हुँदा भारत र पाकिस्तानजस्ता टोली नखेलीकनै सेमिफाइनल पुगे भने नेपाल, अफगानिस्तान र हङकङले मैदानमा प्रतिस्पर्धा गर्ने अवसर नै नपाई बाहिरिनुपर्‍यो।

समस्या नियममा मात्र नभई आयोजक राष्ट्रको भौतिक संरचनामा पनि देखियो। क्रिकेटमा उदाउँदो राष्ट्र जापानका मैदानमा ठूलो वर्षा हुँदा पूरा पिच ढाक्ने कभरसम्मको व्यवस्था थिएन, जसले गर्दा मैदान भिजेर खेल पुनः सुरु हुने सम्भावना थप क्षीण बन्यो।

आयोजकको संरचनागत तयारी र अन्तर्राष्ट्रिय खेल भावनासँग पनि जोडिन्छ। नकआउट खेल नै नखेलाई वरीयताकै आधारमा टोलीको निर्णय गरिनुले बहुखेलकुद प्रतियोगितामा समान प्रतिस्पर्धाको मर्ममाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ। नेपालका लागि एसियन गेम्सको यो नियति पछिल्लो उदाहरण बनेको छ।

श्रीलंकासँगगको प्रतिस्पर्धा पर्खेर बसेका नेपाली क्रिकेट फ्यानले यो निर्णय प्रक्रियामाथि सामाजिक सञ्जालमा चर्को प्रश्न उठाएका हुन् ।

‘ICC को यस्ताे आ*डे नियमले साना राष्ट्र लाई लास्ट घाटा गरेको छ’, गङ्गा धामी फेसबुकमा लेख्छन् ।

महेश रावल फेसबुकमा लेख्छन्, ‘गाउँका भाले कपहरूमा समेत पानी पर्दा खेल सारिन्छ, फेरि मौसम खुलेपछि खेलाइन्छ। तर ICC को यो नियम त झन् झुर लाग्यो! 😏यस्तै हो भने त खेल नै नगराई भारतलाई GOLD दिनुस !🏏’

जापानविरुद्ध नटआउट अर्धशतक बनाएका लोकेश बम र सन्दीप जोरा । तस्बिरः क्यान

‘श्रीलंका सेमिफाइनलमा प्रवेश। बरु यो प्रतियोगिता नै आयोजना नगरी उनीहरूको वरीयताका आधारमा भारत र श्रीलंकालाई स्वर्ण तथा पाकिस्तानलाई रजत र कास्य पदक दिइदिए भइहाल्यो नि। एसियाली खेलकुदमा क्रिकेट समावेश गरेको नाटक किन गर्नु? यस्तो पदक जित्दा टोली र खेलाडीहरूलाई पनि गर्व महसुस हुनेछैन। लज्जास्पद। अघिल्ला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गरेको आधारमा मात्रै कुनै टोलीलाई अर्को प्रतियोगिताको विजेता घोषणा गर्न मिल्दैन नि।🤔’, प्रशान्त सापकोटा फेसबुकमा लेख्छन् ।

विवेक शाह आईसीसीको नियमप्रति आपत्ति जनाउँदै लेख्छन्, ‘ICC, तिमीलाई लाज लाग्नुपर्छ। नेपालले मैदानमा आफूलाई प्रमाणित गर्ने निष्पक्ष अवसर पाउनुपर्छ। क्रिकेटको नतिजा केवल वरीयताका आधारमा होइन, प्रदर्शनका आधारमा तय गरिनुपर्छ। वरीयताका आधारमा कुनै टोलीको भविष्य तय गर्नु क्रिकेटका सबैभन्दा खराब नियमहरूमध्ये एक हो। टोलीहरूलाई प्रतिस्पर्धा गर्न देऊ र उत्कृष्ट टोलीलाई जित्न देऊ।’

सिर्जन लामिछाने खेलाडीको मिहिनेत खेल गरेको भन्दै लेख्छन्, ‘यत्रो मेहनत गरेर यहाँसम्म पुगेका हाम्रा खेलाडीहरू… 😥
आज पानीले खेल मात्र रोकिएन, नेपालको सपना नै रोकियो।🌧️ ICC को नियमका कारण खेल हुन नपाई नेपाल प्रतियोगिताबाट बाहिरिन पुग्यो।
हारेर होइन… आज हामी पानीसँग हार्‍यौँ। 😥 तर हाम्रा खेलाडीहरूले गरेको मेहनत, संघर्ष र प्रदर्शनप्रति सधैं गर्व छ। ❤️
नेपाली क्रिकेटप्रतिको माया र समर्थन सधैं जारी रहनेछ।🏏’

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : ४५ बजे

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न

महाधिवेशन प्रतिनिधिमा गगन सर्वसम्मत हुँदा विश्वप्रकाश निर्वाचनबाट चुनिए

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन

कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा उम्मेदवार

काठमाडौँ– नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५