हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा « Khabarhub

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफ मङ्गलबार प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्तासँग इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल भएको जानकारी दिए ।

उनका अनुसार कतारी मध्यस्थकर्ताले केही प्रस्ताव तथा विचार प्रस्तुत गरेका छन् । ती विषयमा छलफल भइसकेको र मध्यस्थकर्ताले अमेरिकी पक्षसँग पुनः वार्ता गरेपछि अन्तिम अमेरिकी प्रतिक्रिया इरानलाई पठाउने तयारी गरेको उनले बताएका छन् ।

कतारी मध्यस्थकर्ताहरूले मङ्गलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको अराघचीले बताए। उनले हर्मुज जलघाँटी पुनःखोल्न इरानले राखेका केही सर्त पूरा हुनुपर्ने स्पष्ट पारे।

अमेरिका र इरानबीच जारी द्वन्द्वमा हर्मुज जलघाँटी प्रमुख विषय बनेको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि द्वन्द्व चर्किएको हो । द्वन्द्व सुरु हुनुअघि विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।

द्वन्द्वपछि इरानले हर्मुज जलघाँटीमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको छ । यसैबीच गत साता न्युयोर्कमा अराघची, अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरबीच छलफल भएको थियो ।

इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ । लेबनानमा इरानको सहयोगी हिजबुल्लाह इजरायली सेनासँग लडिरहेको छ ।

त्यस्तै, इरानले विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ४२ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४