हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा « Khabarhub

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफ मङ्गलबार प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्तासँग इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल भएको जानकारी दिए ।

उनका अनुसार कतारी मध्यस्थकर्ताले केही प्रस्ताव तथा विचार प्रस्तुत गरेका छन् । ती विषयमा छलफल भइसकेको र मध्यस्थकर्ताले अमेरिकी पक्षसँग पुनः वार्ता गरेपछि अन्तिम अमेरिकी प्रतिक्रिया इरानलाई पठाउने तयारी गरेको उनले बताएका छन् ।

कतारी मध्यस्थकर्ताहरूले मङ्गलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको अराघचीले बताए। उनले हर्मुज जलघाँटी पुनःखोल्न इरानले राखेका केही सर्त पूरा हुनुपर्ने स्पष्ट पारे।

अमेरिका र इरानबीच जारी द्वन्द्वमा हर्मुज जलघाँटी प्रमुख विषय बनेको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि द्वन्द्व चर्किएको हो । द्वन्द्व सुरु हुनुअघि विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।

द्वन्द्वपछि इरानले हर्मुज जलघाँटीमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको छ । यसैबीच गत साता न्युयोर्कमा अराघची, अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरबीच छलफल भएको थियो ।

इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ । लेबनानमा इरानको सहयोगी हिजबुल्लाह इजरायली सेनासँग लडिरहेको छ ।

त्यस्तै, इरानले विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : ४२ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।