नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ « Khabarhub

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ ।  

बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्ण रूपमा क्षति भएको छ । साँझपख मानिसको निकै चहलपहल रहने नारायणी नदीको किनार बाढीले बगरमा परिणत भएको छ । बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म क्षति पुर्‍याएको छ ।

असोज ११ गते नारायणी नदीमा हालसम्म कै उच्च ११ दशमलव ९ मिटर पानीको बहाव आएको जलमापन केन्द्रले जनाएको छ । 

उक्त बाढीले नारायणगढमा रहेको नदी किनार नराम्रोसँग बिगारेको र हालसम्म यति धेरै पानी नारायणी नदीमा नदेखेको २०१९ साल देखि नारायणगढमा बसोबास गर्दै आएका स्थानीय प्रभात कुमार जोशीले बताए ।  

नारायणी नदी किनारको यो अवस्था प्रकृतिमाथिको खेलबाड र मानिसले हारेको नजिता भएको जोशीले बताए । नारायणी नदी किनार विकासको नाममा धेरै खर्च भए पनि आगामी दिनमा विकास निर्माणको काम गर्दा दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने स्थानीयहरूले जनाएका छन् । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ०६ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल