नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ « Khabarhub

नारायणी किनार बाढीले बगरमा परिणत, स्थानीय भन्छन्- यतिठूलो पानी अहिलेसम्म देखेका थिएनौँ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ११ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनको नारायणगढ नजिकको नदी किनारमा ठूलो क्षति पुगेको छ ।  

बाढीका कारण पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको नारायणी नदीको किनार पूर्ण रूपमा क्षति भएको छ । साँझपख मानिसको निकै चहलपहल रहने नारायणी नदीको किनार बाढीले बगरमा परिणत भएको छ । बाढीले नारायणगढको लिलाचोक तलदेखि पुलचोकसम्म क्षति पुर्‍याएको छ ।

असोज ११ गते नारायणी नदीमा हालसम्म कै उच्च ११ दशमलव ९ मिटर पानीको बहाव आएको जलमापन केन्द्रले जनाएको छ । 

उक्त बाढीले नारायणगढमा रहेको नदी किनार नराम्रोसँग बिगारेको र हालसम्म यति धेरै पानी नारायणी नदीमा नदेखेको २०१९ साल देखि नारायणगढमा बसोबास गर्दै आएका स्थानीय प्रभात कुमार जोशीले बताए ।  

नारायणी नदी किनारको यो अवस्था प्रकृतिमाथिको खेलबाड र मानिसले हारेको नजिता भएको जोशीले बताए । नारायणी नदी किनार विकासको नाममा धेरै खर्च भए पनि आगामी दिनमा विकास निर्माणको काम गर्दा दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्ने स्थानीयहरूले जनाएका छन् । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ०६ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा