देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए « Khabarhub

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले आज मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्।

मनाङेलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।

मनाङे यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध थिए।

एकीकृत समाजवादी छाडेर कांग्रेसमा प्रवेश गरेका उनी मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले पनि छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  २ : ४२ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली