बाढीले बगाएको गैँडा कसरा ल्याइने « Khabarhub

बाढीले बगाएको गैँडा कसरा ल्याइने


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ ।

प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को डिभिजन वन कार्यालयको टोलीले गैँडा ‘डार्ट’ गरेर ल्याउन लागेको हो ।
  
उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको लौघारीबाट दुईवटा हात्ती पुगेपछि डार्टको तयारी गरिएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अब डार्ट गरेर गैँडालाई ट्रकमा राखेर ल्याइँदैछ । झाडीमा रहेकाले उमेर र लिङ्ग पहिचान गर्न नसके पनि टाढाबाट प्राविधिकहरूले गैँडा अन्दाजी पाँच वर्षको पोथी रहेको जनाएका छन् ।

गैँडा नारायणी नदीले बगाएर सुस्ता गाउँपालिका–४ मा पुर्याएको हो । नारायणी नदीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो । अहिलेसम्म नदीले बगाएको गैँडा एउटाको मात्र सूचना आएको भए पनि नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुनसक्ने अनुमान छ । 

यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : ५१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण