बाढीले बगाएको गैँडा कसरा ल्याइने « Khabarhub

बाढीले बगाएको गैँडा कसरा ल्याइने


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ ।

प्राविधिक टोली र हात्तीसहित त्यहाँ पुगेको चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को डिभिजन वन कार्यालयको टोलीले गैँडा ‘डार्ट’ गरेर ल्याउन लागेको हो ।
  
उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको लौघारीबाट दुईवटा हात्ती पुगेपछि डार्टको तयारी गरिएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अब डार्ट गरेर गैँडालाई ट्रकमा राखेर ल्याइँदैछ । झाडीमा रहेकाले उमेर र लिङ्ग पहिचान गर्न नसके पनि टाढाबाट प्राविधिकहरूले गैँडा अन्दाजी पाँच वर्षको पोथी रहेको जनाएका छन् ।

गैँडा नारायणी नदीले बगाएर सुस्ता गाउँपालिका–४ मा पुर्याएको हो । नारायणी नदीमा ठूलो बाढी आउँदा नदी तटीय क्षेत्रबाट गैँडा बगाएको हो । अहिलेसम्म नदीले बगाएको गैँडा एउटाको मात्र सूचना आएको भए पनि नदीले बगाएर अन्य गैँडासहितका वन्यजन्तु भारत पुर्याएको हुनसक्ने अनुमान छ । 

यसअघि २०७४ साल साउन २८ गते राप्ती र नारायणी नदीमा ठूलो बाढी आउँदा धेरै गैँडा बगेर सुस्ता हुँदै भारतीय भूमि पुगेका थिए । तत्कालीन निकुञ्जका प्रमुख संरक्षण अधिकृत सहसचिव डा रामचन्द्र कँडेलका अनुसार तत्कालीन समयमा भारतीय भूमिमा पुगेका १२ वटा गैँडा उद्धार गरी ल्याइएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको पछिल्लो गणनामा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ३ : ५१ बजे

पिउने पानीको सुनिश्चित गर्न अभियान सञ्चालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य प्रवर्द्धन

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक