चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो « Khabarhub

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले बोलेका छन् । 

मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरले चोलेन्द्रलाई पक्राउ गरिएको नभएर सुरक्षित स्थानमा राखिएको दाबी गरे । सुरक्षा चुनौती बढेपछि सुरक्षित स्थानमा राखिएको बताउँदै यसको पुष्टि परिवारले दिएको सुरक्षाकर्मी थप्ने पत्र प्रहरीमा दिएकोले रेस्क्यु गरेको पोखरेलको दाबी छ ।

‘पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिएको होइन नियन्त्रणमा पनि लिएको होइन । उहाँको सुरक्षा अवस्थाका कारण सुरक्षा चुनौती बढेपछि सुरक्षित स्थानमा लगिएको हो ।’ पोखरेलले पत्रकारहरूलाई भने,’यसबारेमा अगाडि नै कुराहरू आइसकेका छन् । उहाँको परिवारले पनि थप सुरक्षाकर्मी मागेको सर्वाधिक छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूले चोलेन्द्रलाई पक्राउ गरेर छोरी कुटेर बुहारी तर्साएको दाबी गरिरहेका छन् ।

पार्टीका शीर्ष नेता अमरेश कुमार सिंह र नेत्री रन्जु दर्सनाले पनि यसको विरोध सार्वजनिक रूपमै गरिसकेकी छिन् तर अरु सांसदहरू चुपचाप देखिन्छन् ।
 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ५१ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा