चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो « Khabarhub

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले बोलेका छन् । 

मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पोखरले चोलेन्द्रलाई पक्राउ गरिएको नभएर सुरक्षित स्थानमा राखिएको दाबी गरे । सुरक्षा चुनौती बढेपछि सुरक्षित स्थानमा राखिएको बताउँदै यसको पुष्टि परिवारले दिएको सुरक्षाकर्मी थप्ने पत्र प्रहरीमा दिएकोले रेस्क्यु गरेको पोखरेलको दाबी छ ।

‘पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिएको होइन नियन्त्रणमा पनि लिएको होइन । उहाँको सुरक्षा अवस्थाका कारण सुरक्षा चुनौती बढेपछि सुरक्षित स्थानमा लगिएको हो ।’ पोखरेलले पत्रकारहरूलाई भने,’यसबारेमा अगाडि नै कुराहरू आइसकेका छन् । उहाँको परिवारले पनि थप सुरक्षाकर्मी मागेको सर्वाधिक छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरूले चोलेन्द्रलाई पक्राउ गरेर छोरी कुटेर बुहारी तर्साएको दाबी गरिरहेका छन् ।

पार्टीका शीर्ष नेता अमरेश कुमार सिंह र नेत्री रन्जु दर्सनाले पनि यसको विरोध सार्वजनिक रूपमै गरिसकेकी छिन् तर अरु सांसदहरू चुपचाप देखिन्छन् ।
 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ५१ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी