काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना प्रहरी कर्मचारीको सन्ततिलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ ।
नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनाका लागि विशेष ध्यान दिने निर्णय गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
उनीहरूलाई आवश्यकताअनुसारका सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने बैठकको निर्णय छ ।
जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै सो कदम चालिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।














प्रतिक्रिया