पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते « Khabarhub

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज पहिरो जाँदा चार वटा घर, दुई गोठ पुरिएका छन् भने एक जना घाइते भएका छन् । 

पहिरोले घर पुर्दा च्यापिएको अवस्थामा उद्धार गरिएका घाइते ६५ वर्षीय आत्मराज शर्माको म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा उपचार भइरहेको छ । चक्रपाणि आचार्य, लिलाधर उपाध्याय, आत्मराम शर्मा र मञ्जुला आचार्यको घर तथा सँगै रहेका दुई वटा गोठ पहिरोमा पुरिएका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए । 

‘मालढुङ्गा-बेनी सडकको माथिल्लो क्षेत्रमा धाँजा फाटेको सूचना आएपछि धरै मानिसलाई अन्यत्र सारिएको थियो, घरमै रहेका आत्मरामलाई पहिरोले पुरेको अवस्थामा सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले उद्धार गरेर अस्पताल पुर्‍याएका हौँ’, उनले भने, ‘घाइतेको अवस्था सुधारोउन्मुख छ । विस्थापितलाई मिलनचोकमा अस्थायी बसोबासको व्यवस्था मिलाएका छौँ ।’

पहिरोले गोठमा रहेका दुई वटा भैँसी र पाठापाडीलाई पुरेको छ । घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा र बन्दोबस्तीका सामग्री पहिरोमा पुरिएको छ । करिब १२ रोपनी खेतीयोग्य जमिन पुरिएको छ । आत्मरामलाई गुहार भनिरहेको अवस्थामा रुखले च्यापिएको अवस्थामा उद्धार गरेको छिमेकी रमेश शर्माले बताए। 

असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले लामाबगरमा खेतीयोग्य जमिनलाई बगरमा परिणत गरेको छ । कालीगण्डकीले खेतीयोग्य जमिन कटानको जोखिम बनाएको छ । 

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकको मालढुङ्गा-बेनी खण्ड अवरुद्ध भएको छ । केरा बारीको पहिरो पन्छाउने काम भइरहेको र बुधबारदेखि लामाबगरको पहिरो पन्छाउन डोजर परिचालन गरिने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताए। 

पछिल्लो चार दिने झरिका कारण जलजला गाउँपालिकाको नौ वटै वडामा भौतिक क्षति गरेको छ । जलजला गाउँपालिका-८ फर्सेका ६८ वटा घर कालीगण्डकीले बगाएको । कालीगण्डकीको बाढीले लामाखेतका २५ घर डुबानमा परेको छ । धाइरिङमा २५ घर विस्थापित र खानीगाउँमा पनि घरहरूमा जोखिममा रहेका छन् । 

बाढीपहिरो र नदी कटानका कारण असुरक्षित भएका स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय पर्वत तथा विभिन्न निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । मंगलबारदेखि विपद्ले पुर्याएको क्षतिको विवरण संकलनका लागि टोलटोलमा जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको अध्यक्ष आचार्यले बताए। 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ०८ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको