सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ? « Khabarhub

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे प्रष्टीकरण दिएका छन् । पत्रकारहरुले मन्त्रिपरिषद् बैठकपछि सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले सरकारबाट कसैको सुराकी नभएको प्रष्टीकरण दिए ।

अमरेशले हिजो एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफूमाथि सरकारले निगरानी गरेको दाबी गरेका थिए ।

विशेषतः प्रधानमन्त्री वालेन्द्र शाह आफूहरूविरुद्ध लागेको अमरेशको आरोप थियो । यसबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले कसरी र कुन स्रोतबाट यस्तो सूचना आएको हो, त्यसबारे अमरेशलाई नै थाहा हुने बताए ।

‘उहाँले कसरी भन्नुभयो थाहा छैन, कसैप्रति निगरानी गरिएको छैन,’ पोखरेलले अगाडि भने, ‘उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो, त्यसको जानकारी उहाँहरूबाटै लिनुपर्छ ।’ पछिल्लो समय भित्रभित्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि र प्रधानमन्त्री बालेनबीच असन्तुष्टि बढेको आँकलन गर्न थालिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ५९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्