सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ? « Khabarhub

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे प्रष्टीकरण दिएका छन् । पत्रकारहरुले मन्त्रिपरिषद् बैठकपछि सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता पोखरेलले सरकारबाट कसैको सुराकी नभएको प्रष्टीकरण दिए ।

अमरेशले हिजो एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र आफूमाथि सरकारले निगरानी गरेको दाबी गरेका थिए ।

विशेषतः प्रधानमन्त्री वालेन्द्र शाह आफूहरूविरुद्ध लागेको अमरेशको आरोप थियो । यसबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता पोखरेलले कसरी र कुन स्रोतबाट यस्तो सूचना आएको हो, त्यसबारे अमरेशलाई नै थाहा हुने बताए ।

‘उहाँले कसरी भन्नुभयो थाहा छैन, कसैप्रति निगरानी गरिएको छैन,’ पोखरेलले अगाडि भने, ‘उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो, त्यसको जानकारी उहाँहरूबाटै लिनुपर्छ ।’ पछिल्लो समय भित्रभित्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि र प्रधानमन्त्री बालेनबीच असन्तुष्टि बढेको आँकलन गर्न थालिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ५९ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र