रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह « Khabarhub

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान गर्दै लामो समयदेखि जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।

फ्रान्स भ्रमण सकेर रोम फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पोप लियोले युद्धका लागि बढ्दो सैन्य खर्चले तनाव थप बढाउने उल्लेख गर्दै हतियारमा खर्च हुने रकम भोकमरी, आवास र बेरोजगारीजस्ता समस्या समाधानमा प्रयोग गर्न सकिने बताएका हुन्।

उनले हिंसा, घृणा, हतियार र विनाशकारी युद्धबाट उत्पन्न जोखिमको विरोध गर्नु चर्चको सामाजिक शिक्षाको महत्वपूर्ण पक्ष भएको बताए। युद्धलाई बढावा दिने सैन्य उद्योगबाट सीमित मानिस लाभान्वित भइरहेको उल्लेख गर्दै उनले विश्व समुदायलाई संवाद र वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरे।

‘रुस र युक्रेन तथा अन्य देशका नेताहरूलाई बस्न, वार्तामा संलग्न हुन र युद्ध जारी नराखी समस्याको समाधान खोज्न आग्रह गर्नु चर्चको जिम्मेवारी हो,’ पोप लियोले भने। यस्तो प्रयास कहिलेकाहीँ व्यर्थजस्तो देखिए पनि चर्चले शान्तिका लागि आफ्नो आवाज उठाइरहने उनले स्पष्ट पारे।

पोपको यो आग्रह रुस–युक्रेनबीच युद्ध जारी रहेका बेला आएको हो। पछिल्लो समय युक्रेनमा रुसी हवाई आक्रमणसमेत तीव्र भएका छन्। सोमबार किएभस्थित युक्रेनको नेसनल एकेडेमी अफ साइन्सेजको भवनमा भएको रुसी ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएका थिए।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आक्रमण रोक्न अन्तर्राष्ट्रिय दबाब आवश्यक रहेको बताउँदै युरोप, अमेरिका र अन्य साझेदारको सहयोगमा भरोसा रहेको उल्लेख गरेका छन्।

यसअघि सेप्टेम्बर २६ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै युद्धको समाधान चाहेको बताएका थिए।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : ३७ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन