असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु « Khabarhub

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी, पहिरोलगायत विपद्का घटनामा बागलुङमा १२, म्याग्दीमा सात, पाल्पामा पाँच र मनाङमा चार जनाको मृत्यु भएको छ।

त्यस्तै धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विपद्का घटनामा १५ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ३२ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र