पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि… « Khabarhub

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको र कर्मचारीहरूमाथि अपमानजनक व्यवहार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मङ्गलबार प्रेस काउन्सिलका बोर्ड सदस्यहरू नम्रता शर्मा, रविराज बराल, उपासना घिमिरे र प्रकाशभक्त माथेमाद्वारा संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उक्त घटनाको कडा शब्दमा भर्त्सना गरिएको छ।

काउन्सिलका अनुसार असोज १३ गते बिहान नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापन सम्बन्धी छलफल चलिरहेको थियो । सोही क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई “झ्यालबाट टिपेर फालिदिन्छु” लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।

त्यसैगरी छापामध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीहरूबाट काउन्सिलका कर्मचारीहरूसमेतलाई अपमानजनक व्यवहार गरिएको विज्ञप्तिमा उल्लेख छ।

छलफल र असहमति हुनु स्वाभाविक भए पनि संवादका क्रममा यस्तो धम्कीपूर्ण भाषा र अमर्यादित व्यवहार स्वीकार्य हुन नसक्ने काउन्सिलले स्पष्ट पारेको छ। काउन्सिलले पेसागत माग राख्ने अधिकारको सधैँ सम्मान गर्ने तर संस्थागत संवादका क्रममा मर्यादित र जिम्मेवार व्यवहारको अपेक्षा राखिने जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ४८ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा