लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश « Khabarhub

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा अधिकृत प्रमोद मैनालीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट मैनालीलाई धरौटीमा छाड्ने गरी भएका आदेश बदर गर्दै थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो।

सर्वोच्चको आदेशमा काठमाडौं जिल्ला अदालतले २०८२ असार १८ गते र उच्च अदालत पाटनले २०८२ पुस ३ गते मैनालीलाई धरौटीमा छाड्ने गरी गरेको आदेश कानुनसम्मत नदेखिएको उल्लेख छ। सर्वोच्चले ती दुवै आदेश बदर गर्दै मैनालीलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको छ।

आदेशमा पीडित जाहेरवालाले दिएको जाहेरी, प्रतिवादीले अदालतमा दिएको बयान तथा पीडित र प्रतिवादीबिचको कल डिटेल्सलगायत तत्काल प्राप्त प्रमाणहरूलाई आधार मानिएको छ। साथै, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसमेत अदालतमा पेस भएको उल्लेख छ।

सर्वोच्चले आदेशमा प्रतिवादीलाई पछि बुझ्दै जाँदा कसुरमा हुन सक्ने सजायसमेत विचार गरी तत्काल थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था देखिएको जनाएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले मैनालीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध पीडित जाहेरवाला उच्च अदालत पाटन पुगेकी थिइन्। उच्च अदालतले पनि जिल्ला अदालतको आदेश सदर गरेपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेकी थिइन्।

यस क्रममा अदालतबाट धरौटीमा रिहा गर्ने आदेश भएपछि पीडित युवतीले २०८२ पुस ४ गते अदालतबाट निस्किएपछि विष सेवन गरेको बताइएको छ। विष सेवनपछि उनको पाटन अस्पतालको आइसीयूमा उपचार गरिएको थियो।

पीडित युवतीले आफूलाई जबरजस्ती करणी गरेको आरोप लागेका व्यक्तिलाई धरौटीमा छाडिएको भन्दै न्यायको मागसहित लामो समयदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नासमेत दिँदै आएकी थिइन्।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ८ : ४८ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम