टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण « Khabarhub

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ । 

गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएकोे हो । पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

उनका अनुसार, परम्परागत रूपमा दाउरा तथा ग्यास प्रयोग गर्दै आएका स्थानीयलाई विद्युतीय चुलोको प्रयोगतर्फ आकर्षित गर्न  कार्यक्रम सञ्चालन गरिएको हो । 

ग्रामीण क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिमा आधारित खाना पकाउने सुविधासँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै अध्यक्ष बस्नेतले विद्युतीय चुलोको प्रयोगले आयातीत खाना पकाउने ग्यासको खपत घटाउने, दाउराको प्रयोग न्यूनीकरण गर्ने तथा समय बचत हुने बताए । 

विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । 

त्यसको प्रयोगबाट घरभित्रको वायु प्रदूषण घट्ने तथा खाना पकाउने कामलाई सहज, सफा र सुविधाजनक बनाउन मद्दत पुग्ने उनको भनाइ छ । 

केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको विद्युत् (एमसिबी) जडान गरिएका परिवारलाई मात्रै चुलो वितरण गरिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयलाई चुलो वितरण गरिएको गाउँपालिकाको भनाइ छ । 

ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार भएसँगै विद्युतीय उपकरणको प्रयोग बढाउँदै स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १२ : २४ बजे

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा