क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य « Khabarhub

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र संयुक्त रूपमा उत्पादन गर्न जापानमा उत्पादन संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । क्षेत्रीय सुरक्षा सहकार्य विस्तार तथा प्रतिरक्षा क्षमता सुदृढ बनाउने उद्देश्यले दुवै देशले यस्तो सहमति गरेका हुन् ।  

जापानका रक्षामन्त्री सिन्जिरो कोइजुमीले बुधबार अमेरिकी रक्षामन्त्री पीट हेग्सेथसँगको भेटपछि उक्त जानकारी दिएका हुन् । उनले ‘अपरेसन सुपरचार्ज’ अन्तर्गत उत्पादन गरिने क्षेप्यास्त्र एफ–३५ लडाकू विमानका लागि आवश्यक रहेको बताए । यद्यपि, सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

कोइजुमीका अनुसार क्षेत्रीय सुरक्षा अवस्था जटिल बन्दै गएकाले जापान र अमेरिकाबीचको गठबन्धनको प्रतिरोधात्मक तथा प्रतिक्रिया क्षमता थप सुदृढ बनाउने विषयमा सहमति भएको हो । दुवै देशले अन्तर्राष्ट्रिय कानूनमा आधारित स्वतन्त्र र खुला व्यवस्थाको महत्त्वमा समेत जोड दिएका छन् ।

अमेरिकी रक्षामन्त्री हेग्सेथले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का रक्षामन्त्रीहरूसँगको बैठकमा एसियामा शान्ति र स्थिरता कायम राख्न ट्रम्प प्रशासन प्रतिबद्ध रहेको बताएका छन् । उनले अमेरिकाले आफ्ना सहयोगी तथा साझेदार राष्ट्रहरूको सुरक्षा र हितको रक्षा गर्ने पनि उल्लेख गरे ।

यसैबीच, अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले अमेरिकालगायत सहयोगी राष्ट्रसँग मिलेर दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानून र समुद्री आवागमनको स्वतन्त्रता कायम राख्न प्रयास जारी राख्ने बताएका छन् । गत वर्ष चिनियाँ जे–१६ लडाकू विमान अस्ट्रेलियाको पी–८ पोसाइडन निगरानी विमानको नजिक आएर फ्लेयर छोडेको घटनापछि अस्ट्रेलियाले सुरक्षा चासो व्यक्त गरेको थियो ।

दक्षिण चीन सागरमा चीनसँगै फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रुनाई र ताइवानले पनि विभिन्न क्षेत्रमा आफ्नो दाबी गर्दै आएका छन् । विवादित समुद्री क्षेत्रमा चीन र फिलिपिन्सका तटरक्षक तथा नौसेनाका जहाजबीच पटक–पटक तनाव उत्पन्न हुँदै आएको छ । अमेरिकाले फिलिपिन्सका सैनिक, जहाज वा विमानमाथि सशस्त्र आक्रमण भएमा आफ्नो सन्धिगत प्रतिबद्धताअनुसार सहयोग गर्ने बताउँदै आएको छ ।

जापान र चीनबीच पनि पूर्वी चीन सागरका केही टापुलाई लिएर विवाद छ । दुवै देशले ती टापु तथा आसपासका समुद्री क्षेत्रमा आफ्नो अधिकार र गतिविधिसम्बन्धी फरक दाबी गर्दै आएका छन् । यस्तो क्षेत्रीय तनावका बीच अमेरिका र जापानले प्रतिरक्षा सहकार्यलाई थप सुदृढ बनाउने प्रयास गरेका हुन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १२ : ३० बजे

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा