हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती « Khabarhub

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ । वर्षा होस् वा घाम, जुनसुकैबेला पहिरो खसिरहने भएकाले यात्रा गर्न कठिन भएको हो। 
    
सडकको दयनीय अवस्थाका कारण यात्रुले निरन्तर सास्ती भोग्नुपरेको छ । कर्णाली करिडोरको यो वास्तविकताले सडक निर्माण, स्तरोन्नति र व्यवस्थापनमा सरकारको भूमिकामाथि पुनःप्रश्न उब्जाएको छ।

सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्रा पार गरेपछि कर्णाली करिडोरको अवस्थाप्रति आक्रोश व्यक्त गरे। 
    
नेपालगन्जको जमुनाहादेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने महत्वपूर्ण सडकका रूपमा रहेको कर्णाली करिडोर वर्षौंदेखि यात्रुका लागि सास्तीको माध्यम बनिरहेको उनले गुनासो गरे।  

रावतका अनुसार विकास र समृद्धिका ठूला विषयको उठान भए पनि कर्णालीवासीले सुरक्षित सडकमा यात्रा गर्न पाएका छैनन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि वर्षौदेखि बजेट खर्च हुँदै आए पनि नागरिकले सहज यात्राको अनुभूति गर्न नसकेको भन्दै उहाँले सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराए।

सडकका जोखिमपूर्ण स्थानमा बनाइएका काठे तटबन्धलगायत संरचनाको गुणस्तरमाथि प्रश्न उठाउँदै बजेट खर्चको प्रभावकारिता र निर्माणको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । जनताले दैनिक भोग्नुपरेको कठिनाइ प्रत्यक्ष अनुभूति गरेपछि सडकको वास्तविक अवस्था बुझ्न सकिने उनको कथन थियो ।  
 
सर्केगाड गाउँपालिका–१ को खच्चामा होटल व्यवसाय गर्दै आएका डिलबहादुर कार्कीले सडकको स्तरोन्नति नभएकाले सास्ती व्यहोर्नुपरेको गुनासो गरे। 

त्यसैगरी, स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याए । सडकको जोखिमपूर्ण अवस्थाले यात्रु तथा मालसामान ढुवानीमा समस्या सिर्जना गर्नुका साथै आपतकालीन अवस्थामा आवतजावत गर्नसमेत कठिन भएको स्थानीयवासीले बताए ।  
    
कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो । उक्त सडकले स्थानीय नागरिकको आवतजावत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य उपचार र पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्छ, तर सडकको जोखिमपूर्ण अवस्थाका कारण नागरिकले सहज र सुरक्षित यात्राको प्रत्याभूति पाउन सकेका छैनन् । 
    
प्राकृतिक विपत्तिका कारण पहिरो तथा सडक अवरुद्ध हुने समस्या देखिए पनि जोखिम न्यूनीकरण, नियमित मर्मतसम्भार र निर्माण भएका संरचनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो । कर्णालीवासीको अपेक्षा विकासका आश्वासन र भाषणमा मात्रै सीमित छैन । उनीहरू सुरक्षित सडक र भरपर्दो यातायात सुविधा चाहन्छन् । 
    
सर्केगाडदेखि सुर्खेतसम्मको तीनदिने कठिन यात्राले उठाएको प्रश्न हो यो । कर्णाली करिडोरको जोखिम न्यूनीकरण र स्तरोन्नतिका लागि सरकारले प्रभावकारी कदम कहिले चाल्छ ? भन्ने हुम्ली नागरिकको सरकारसँग प्रश्न छ । यहाँका सर्वसाधारणको जिज्ञासा यहाँ पाइन्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १२ : ५८ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष