अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा « Khabarhub

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित राष्ट्रपति भएको दाबी गर्दै त्यहीँबाट विपक्षीको नेतृत्व गर्ने घोषणा गरेका छन् । उनले ब्राजिलको निर्वाचनमा धाँधली भएको आरोपसमेत लगाएका छन् ।

४५ वर्षीय फ्लेभियो बुधबार निजी विमानबाट मियामी नजिकै पुगेका हुन् । सन् २०२२ को ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा भने वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले दोस्रो चरणमा विजय हासिल गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रिया असामान्य रहेको धारणा दोहोर्‍याए पनि फ्लेभियोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताएका छन् ।

फ्लेभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएका थिए । निर्वाचन परिणाम उल्ट्याउने प्रयासमा असफल भएको आरोप लागेका जाइर अहिले घरमै नजरबन्दमा छन् ।

फ्लेभियो भने भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सामना गरिरहेका छन् । संसदीय संरक्षणको अवधि सकिन लाग्दा उनलाई राहदानी बुझाउन निर्देशन दिइएको थियो । तर, उनी अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुगेको बताइएको छ ।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार फ्लेभियोको परिवारका सदस्यहरूले आवश्यक जाँचपछि आप्रवासन कानुनअनुसार अमेरिका प्रवेशको अनुमति पाएका छन् ।

ब्राजिलका राष्ट्रपति लुलाले फ्लेभियोको देश छाड्ने निर्णयलाई ‘लाजमर्दो’ भन्दै देश छाडेर जाने व्यक्तिसँग लुकाउनुपर्ने केही कुरा हुन सक्ने टिप्पणी गरेका छन् ।

यद्यपि, ब्राजिलका कानुन कार्यान्वयन अधिकारीहरूले बुधबारसम्म फ्लेभियोलाई औपचारिक रूपमा फरार घोषणा नगरिएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  १ : ०२ बजे

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार

कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्दै औपचारिक प्रस्तुति गर्ने

काठमाडौं– सरकारले कोप ३१ मा पर्वतलाई छुट्टै एजेन्डाका रूपमा अघि

नेपाल–भारत पर्यटन सहकार्य गर्न परिषद् स्थापना गरिने

चितवन– नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा

कोप–३१ मा न्याय र समृद्धिको मार्गचित्रसहित नेपालको प्रस्तुति हुनुपर्ने

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी

कोप–३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष