राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा « Khabarhub

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखा प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा गरेको छ।

स्थापनाको नौ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयले प्रशासनिक, प्राज्ञिक र भौतिक सुधारलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना सार्वजनिक गरेको हो।

विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेले राष्ट्रिय झण्डा र विश्वविद्यालयको झण्डोत्तोलन गरी कार्यक्रमको सुरुआत गरेका थिए। उपकुलपति र रजिष्ट्रारको संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई थप गतिशील र प्रभावकारी बनाउने योजनालाई प्राथमिकता दिइएको थियो।

विश्वविद्यालयले सम्पूर्ण शैक्षिक, प्रशासनिक, परीक्षा र लेखा प्रणालीलाई सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) तथा एकीकृत डिजिटल नेटवर्कमार्फत केन्द्रीकृत बनाउने जनाएको छ। यसबाट विद्यार्थीले अनलाइन माध्यमबाटै विभिन्न सेवा लिन सक्ने र प्रशासनिक कामकाज सहज हुने अपेक्षा गरिएको छ।

त्यस्तै, स्कुल अफ हेल्थ साइन्सको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने तथा प्रयोगशालालाई प्रविधिमैत्री बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

मधेश प्रदेशको आवश्यकता र बजारको मागअनुसार नैतिकवान्, प्राविधिक तथा नवप्रवर्तनशील जनशक्ति उत्पादन गर्न पाठ्यक्रममा समयानुकूल सुधार गर्ने विश्वविद्यालयले जनाएको छ। साथै, प्रशासनिक ढिलासुस्ती र बेथिति अन्त्य गरी सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

वार्षिकोत्सव समारोहमा विश्वविद्यालयका डिन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको उपस्थिति थियो।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  २ : २३ बजे

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा

अस्थायी शिक्षक-कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न माग

काठमाडौं– नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सबै अस्थायी प्रकृतिका

सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

काठमाडौँ– कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–ईयू सहकार्य

टोरन्टो– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबीच क्यानाडाका प्रधानमन्त्री मार्क

कांग्रेस केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ सुरु

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा