भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू « Khabarhub

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा-एक्सचेन्ज मेला’ सुरू


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीभीएस मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । 

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आयोजना गरेको मेला कार्तिक १८ गतेसम्म चल्ने छ ।

मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्नेछन् । कम्पनीले ग्राहकलाई आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष छुट, नगद पुरस्कार तथा सहज फाइनान्स सुविधासहितका अफर उपलब्ध गराएको छ ।

मेलाको मुख्य आकर्षणमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ । यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याक वा गोल्ड की अथवा १० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ । साथै, मेलामा हरेक दिन दुई जना भाग्यशाली विजेताले पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा प्राप्त गर्नेछन् ।

पुराना सवारीसाधनको उचित मूल्यांकनका लागि मेलामा ५० जनाभन्दा बढी अनुभवी भ्यालुएटरको व्यवस्था गरिएको छ । यसबाट ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटरको मूल्यांकन गराई नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकको सुविधालाई ध्यानमा राख्दै नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा छिटो तथा सहज फाइनान्स प्रक्रिया उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त सुविधा सम्बन्धित वित्तीय संस्थाको योग्यता तथा सर्तअनुसार उपलब्ध हुनेछ ।

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले ग्राहकलाई आकर्षक एक्सचेन्ज मूल्यांकन, विशेष अफर र सहज वित्तीय सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको बताए । 

उनले नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्न चाहने ग्राहकका लागि मेला उपयोगी अवसर बन्ने विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार मेलामा ग्राहकले विभिन्न मोडलका टीभीएस मोटरसाइकल तथा स्कुटरबारे जानकारी लिनुका साथै पुराना सवारीसाधनको मूल्यांकन गराउन र उपलब्ध अफरको लाभ लिन सक्नेछन् ।

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स सन् २०१५ देखि नेपाली बजारमा टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन बिक्री तथा बिक्रीपछिको सेवामा सक्रिय रहँदै आएको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ३ : १४ बजे

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा

भोटेकोशी विपत्तिबारे बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस, नेपाललाई ५३ देशको समर्थन

काठमाडौँ– नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबारे थाइल्याण्डको राजधानी बैंककमा उच्चस्तरीय क्षेत्रीय बहस