लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार « Khabarhub

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी लेकको पदयात्राका क्रममा लेक लागेर बिरामी पर्नुभएकी नवलपरासीको बर्दघाट नगरपालिका निवासी २५ वर्षीय रश्मी पुनलाई हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको छ । 

पदयात्राका क्रममा आज बिहान अचानक लेक लागेर अस्वस्थ भएपछि उनलाई सिम्रिक एयरको हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

पुनको अहिले उपचार भइरहेको र स्वास्थ्य अवस्था मध्यम खालको रहेको उनले बताए। कोरीलगायत यस क्षेत्रका उच्च पहाडी भेगमा पदयात्राका लागि जाने पर्यटकमा लेक लाग्ने समस्या देखिने गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ३ : १३ बजे

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा

काठमाडौँ क्लाइमेट एक्सन विक-२०२६ र खबरहबबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ–  नेपालमा पहिलोपटक आयोजना हुन लागेको ऐतिहासिक नेपालको राष्ट्रिय जलवायु सप्ताह