औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो « Khabarhub

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक प्रदूषण कम गर्न स्वच्छ ऊर्जा प्रयोगका लागि उद्योगहरूलाई प्रोत्साहन गर्न नेपाल स्वच्छ वायु तथा समृद्धि परियोजना अघि बढाइएको छ । 

एसोसिएसनले सो परियोजनाका लागि तीन करोड अमेरिकी डलर सहुलियत ऋण र ४० लाख अमेरिकी डलर अनुदान दिने सम्झौता भइसकेको छ । 

सो परियोजना कार्यान्वयन गर्न वित्तीय मध्यस्थकर्ता बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रदान गर्न नेपाल सरकार अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र बैंकबीच सम्झौता भएको राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । 

उद्योगहरूलाई अनुदान उपलब्ध गराउन नेपाल सरकार उद्योग मन्त्रालय, उद्योग विभाग र बैंकबीच सम्झौता सम्पन्न भएको सूचना अधिकारी घिमिरेले बताए । यो परियोजनाबाट करिब ४०० उद्योग लाभान्वित हुने बताइएको छ । 

परियोजनामार्फत औद्योगिक प्रदूषणको कारण खस्किएको वायुको गुणस्तरमा उल्लेख्य सुधार आउने दाबी गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकले हरित वित्त प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ०७ बजे

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस

ट्रेन्ड र कन्टेन्टको अभाव पहिचान गर्न टिकटकको क्रिएटर इन्साइट्स विशेष फिचर

काठमाडौं– हामीमध्ये धेरैले कुनै न कुनै समयमा कन्टेन्ट क्रियट गर्ने