‘अर्नब’ चक्रवातको जोखिमबारे विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक « Khabarhub

‘अर्नब’ चक्रवातको जोखिमबारे विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक


१२ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातको पछिल्लो अवस्था, यसबाट नेपालमा उत्पन्न हुनसक्ने विषम मौसमी अवस्था र प्रतिकार्यको तयारीबारे छलफल गर्न विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक आयोजना गरिएको छ ।

बैठकमा मौसम विषमता, बाढीको संभावना, पहिरोको जोखिम एवं सडक अवरुद्ध भएमा सुचारु गर्न भएको तयारीबारे सम्बन्धित कार्यालयका प्रतिनिधिहरुले जानकारी गराए । 

नेपाल मौसम विज्ञान विभागको प्रतिनिधि एवं उक्त संस्थाको प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ नेपालमा प्रवेश गर्दा कमजोर भइसकेको भए पनि सो को प्रभावले नेपालमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिए ।

बैठकले जोखिम रहेका जिल्लामा जोखिमबारे निरन्तर सूचना लिइराख्न, सर्वसाधरणलाई सु-सूचित गर्न, पूर्वतयारी गर्न र आवश्यक परे प्रतिकार्यका लागि परिचालन हुन तम्तयार अवस्थामा रहन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८३, बिहिबार  ५ : ३५ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७