कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल « Khabarhub

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

नेपाल कानुन व्यवसायी परिषद्, लयर्स एकेडमी समितिद्वारा शनिबार पोखरामा आयोजित ‘प्रोसेस बेस्ड ट्रेनिङ अफ ट्रेनर्स’ विषयक प्रशिक्षणको समापन सत्रमा उनले कानुन व्यवसायीको योग्यता, क्षमता र नैतिकतामाथि प्रश्न नउठ्ने गरी कार्यसम्पादन गर्नुपर्ने बताए ।

‘नेपाल कानुन व्यवसायी परिषद्को उद्देश्य नै सक्षम कानुन व्यवसायी र मर्यादित कानुन व्यवसाय बनाउनु हो’, महान्यायाधिवक्ता डा. कँडेलले भने, ‘यो प्रशिक्षक प्रशिक्षण तालिम पनि सोही उद्देश्य हासिल गर्नका लागि आयोजना गरिएको हो ।’

उनले तालिममा प्रशिक्षित कानुन व्यवसायीले जिल्लामा अन्य कानुन व्यवसायीलाई थप सक्षम बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे । कानुन व्यवसायीले कानुन र न्यायको ज्ञानमात्र आर्जन गरेर नहुने भन्दै उनले सामाजिक, राजनीतिक क्षेत्र, प्रविधि आदिमा आएको परिवर्तनसँग अनुकूलन र अभ्यस्त हुनुपर्ने बताए ।

तालिममा सहभागी कानुन व्यवसायीलाई नेपाल कानुन व्यवसायी परिषद्का अध्यक्षसमेत रहेका महान्यायाधिवक्ता कँडेलले प्रमाणपत्र प्रदान गरेका थिए । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका कानुन व्यवसायीहरू सहभागी थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ५ : ५६ बजे

यी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखरामा दाइँ महोत्सव : पर्यटकलाई नौलो अनुभव

कास्की– कास्कीको पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार बिहानैदेखि परम्परागत दाइँको रौनक

कानुन व्यवसाय मर्यादित हुनुपर्छ : महान्यायाधिवक्ता कँडेल

गण्डकी– महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले कानुन व्यवसाय मर्यादित र जिम्मेवार

मन्त्री श्रेष्ठबाट म्याग्दी र पर्वतका बाढी प्रभावित क्षेत्रको निरीक्षण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कालीगण्डकी नदीमा आएको

आइतबार कुन भगवानको पूजा गर्ने ?

काठमाडौँ– आज २०८३ साल मङ्सिर १३ गते आइतबार । सन्