जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर « Khabarhub

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् ।

विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगेका उनी आफ्नै गाउँको माटो र कृषि कर्मप्रतिको आकर्षणका कारण लामो समय विदेशमा बस्न सकेनन् ।

जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती तथा पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । उनले निसीखोला–४ स्थित विस्मारेमा ‘अमृत फलफूल तथा तरकारी पशुपन्छीपालन कृषि फार्म प्रालि’ सञ्चालन गरेका छन् ।

घर्तीले २०७१ सालदेखि व्यावसायिक कृषि सुरु गरेका हुन् । भारतको हिमाचल प्रदेशमा बसोबास गर्दा स्याउ र किवीखेतीबारे जानकारी तथा अनुभव हासिल गरेका घर्तीले स्वदेश फर्किएपछि करिब १० रोपनी जग्गामा किवीखेती सुरु गरेका थिए ।

कृषि व्यवसायमा केही वर्ष बिताएपछि उनी वैदेशिक रोजगारीका लागि जापान गएका थिए । तर, विदेशको बसाइभन्दा आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायप्रतिको मोह बलियो भएपछि एक वर्षमै फर्किए ।

किवीखेतीलाई निरन्तरता दिँदै कृषि व्यवसाय विविधिकरणमा लागेका घर्तीले किवी बिक्रीबाट वार्षिक करिब तीन लाख आम्दानी गर्दै आएका छन् । उनले टिमुरखेतीसमेत विस्तार गरेका छन् । हाल एउटा गाई पालेर दूध बिक्री गर्दै आएका उनले व्यावसायिक बङ्गुरपालन सुरु गर्ने तयारी गरेका छन् । त्यसका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिसकेका छन् ।

कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदा उत्पादन लागत घटाउनुका साथै आम्दानी बढाउन सकिने उनको विश्वास छ । पशुपालनबाट प्राप्त हुने मल कृषि उत्पादनमा प्रयोग गर्न सकिने भएकाले दुवै व्यवसायलाई सँगसँगै अघि बढाउने योजना बनाएको उनी बताउँछन् ।

कृषि उद्यमसँगै घर्ती सामाजिक सेवामा पनि सक्रिय छन् । उनी निसीखोला गाउँपालिका–४ का वडा सदस्यसमेत हुन् । जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्दै कृषि उत्पादनमा समेत संलग्न घर्ती जनप्रतिनिधि आफैँ उत्पादन र उद्यमशीलतामा लाग्नुपर्ने धारणा राख्छन् ।

वैदेशिक रोजगारीका लागि विदेश जाने र उतै भविष्य खोज्ने युवाको सङ्ख्या बढिरहेका बेला घर्तीले भने आफ्नै गाउँमा कृषि उद्यमको सम्भावना खोजिररहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ६ : ३७ बजे

नेपालगञ्जको हडियाबाबा आश्रम धार्मिक पर्यटकीय क्षेत्र बन्दै

बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रमलाई यस

तनहुँ जलविद्युत् आयोजनाले चमेराका लागि तीनवटा वैकल्पिक बासस्थान बनाउँदै

तनहुँ- निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना क्षेत्रमा

डीपीआर सर्भे भएको चार वर्ष बित्दा पनि बनेन कोरला नाकाका पूर्वाधार

मुस्ताङ- नेपाल–चीन उत्तरी कोरलानाकामा भौतिक पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना

जापानबाट फर्किएर किवीखेतीमा रमाउँदै लीलाबहादुर

बागलुङ– वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका–४ थापागाउँका लीलाबहादुर

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

दाङ– दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोट