राप्तीमा धान खरिद सुरु « Khabarhub

राप्तीमा धान खरिद सुरु


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु भएको छ । उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको हो ।

कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ निर्धारण गरेको छ । सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीका शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताए । त्यस गाउँपालिकाबाट ८०० क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरिएको जानकारी दिए ।

कृषि प्राविधिक निर्मला गिरीका अनुसार, किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउन कोसिस भइरहेको छ ।

यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले देउखुरीको गढवा गाउँपालिकाका किसानबाट पनि धान खरिद गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १० : ५७ बजे

राप्तीमा धान खरिद सुरु

दाङ– दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब

भिक्टोरियामा सत्तारुढ लेबर पार्टीलाई ठूलो धक्का

एजेन्सी– अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटाको

लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई