प्रधानमन्त्रीनिकट भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन : गगन थापा « Khabarhub

प्रधानमन्त्रीनिकट भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन : गगन थापा


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि व्यक्ति प्रधानमन्त्रीको नजिक भएकै आधारमा राज्यबाट अतिरिक्त सुविधा पाउन नहुने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेस वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएकै आधारमा कसैलाई अपराधी करार गर्न नमिल्ने उल्लेख गर्दै कानुन सबैका लागि समान हुनुपर्ने धारणा राखेका हुन् ।

‘कांग्रेस छ तर गलत गरेको छ भने उसले अतिरिक्त छुट वा सुविधा पाउनु हुँदैन । तर गलत गरेको छैन भने उसले राज्यको कुनै पनि खालको अत्याचार सहँदैन । यही कुरा रास्वपाको हकमा पनि लागू हुन्छ’, थापाले भने।

उनले रास्वपामा आबद्ध वा सरकारको समर्थक भएकै आधारमा बाहिर आएका टिप्पणीका भरमा नेपाली कांग्रेसले कसैलाई अपराधी करार नगर्ने स्पष्ट पा रे।

‘कोही व्यक्ति अपराधी हो वा होइन भन्ने काम हाम्रो होइन । तर कोही व्यक्ति प्रधानमन्त्रीको नजिक हुँदैमा उसले अतिरिक्त सुविधा पाउँछ भने त्यसमा प्रश्न गर्नेछौँ’, थापाले भने।

थापाको भनाइले राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा राज्यबाट हुने व्यवहारमा विभेद हुन नहुने तथा कानुनी प्रक्रिया सबैका लागि समान हुनुपर्ने कांग्रेसको धारणा स्पष्ट पारेको छ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १ : ४९ बजे

नारायणगढ पुगेर पूर्वाधारमन्त्री लम्सालले भने- रत्ननगरको सभाहल अस्पताल दिन्छौँ

नारायणगढ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई

प्रधानमन्त्रीनिकट भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि व्यक्ति प्रधानमन्त्रीको नजिक

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

गण्डकी– विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम

पहिरो हटाउन नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

चितवन– तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच

बालुवा-गिट्टी कुटेर बिताएको झुप्रा खोलामा शिक्षामन्त्रीलाई लिएर पुगिन् मन्त्री बादी

काठमाडौँ– बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएको महिला, बालबालिका,