हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ « Khabarhub

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ ।

पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन् ।

पक्राउ पर्नेमा इस्लामकी पत्नी सायला फारजाना र उनका दुई भाइमध्ये रेजाउल आलम शाहिन पनि छन् । फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुन् ।

प्रहरी स्रोतका अनुसार गुप्तचर टोलीले राजधानीका मिरपुर डीओएचएस र राकिन सिटीमा आइतबार बिहान एकैसाथ छापा मारेको थियो । फरार श्रीमान्को निर्देशनमा फारजानाले हिंसा तथा तोडफोडको योजना बनाउन भूमिका खेलेको प्रहरीको आरोप छ ।

कारबाहीका क्रममा एक सालाकी पत्नीलाई पनि केही समय नियन्त्रणमा लिइएको थियो । तर स्तनपान गराइरहेको शिशु भएकाले उनलाई पछि रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

बङ्गलादेश निजामती सेवाको १७औँ समूहकी प्रशासनिक अधिकारी फारजानालाई सन् २०२४ सेप्टेम्बर ८ मा विशेष जिम्मेवारीमा राखिएको थियो । उनका श्रीमान् इस्लामलाई भने सोही वर्षको जुलाईमा भएको जनविद्रोहपछि अनिवार्य अवकाश दिइएको थियो । त्यसयता उनी फरार रहँदै आएका छन् । रासस

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  २ : ०९ बजे

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

काठमाडौँ – नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

ढाका– बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको

नारायणगढ पुगेर पूर्वाधारमन्त्री लम्सालले भने- रत्ननगरको सभाहल अस्पताललाई दिन्छौँ

नारायणगढ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई

प्रधानमन्त्रीनिकट भएकै आधारमा कसैले अतिरिक्त सुविधा पाउनु हुँदैन : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि व्यक्ति प्रधानमन्त्रीको नजिक

चारपटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण

गण्डकी– विसं २०७९ असारमा ठेक्का सम्झौता भई दुई वर्षमा काम