ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड « Khabarhub

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा परिचालित हुने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन दिएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित बिदाइ तथा फेरि भेटौँला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिए । सुवेदी तनहुँ जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा सरुवा भएका छन् ।

उनले सडकमा खटिने ट्राफिक प्रहरीको बोली, भाषा र व्यवहार सधैँ सभ्य हुनुपर्ने बताउँदै सवारी आवागमन सहज बनाउनु र नागरिकलाई आवश्यक सहयोग गर्नु प्रहरीको प्रमुख दायित्व भएको उल्लेख गरे।

“सडकमा खटिने ट्राफिक प्रहरीले सधैँ नागरिकमैत्री व्यवहार गर्नुपर्छ । बोली, भाषा र व्यवहार सभ्य हुनुपर्छ । सवारी आवागमन सुचारु गर्नु र नागरिकलाई सहयोग गर्नु हाम्रो प्रमुख दायित्व हो”, उनले भने ।

सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मेवारी बोधका साथ कार्यक्षेत्रमा खटिन उनले निर्देशन दिए । “ट्राफिक प्रहरी सधैँ नागरिकमैत्री हुनुपर्छ । सवारी व्यवस्थापन र नागरिकसँगको मैत्रीपूर्ण व्यवहार नै हाम्रो प्रमुख लक्ष्य र उद्देश्य हो”, उनले भने ।

कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतका विभिन्न वृत्तका प्रमुख तथा ट्राफिक प्रहरी अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : २५ बजे

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक