कोकिनसहित विदेशी नागरिक पक्राउ « Khabarhub

कोकिनसहित विदेशी नागरिक पक्राउ


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ महानगरपालिका–१७ ठमेलस्थित जेपी मार्गबाट कोकिन कारोबारमा संलग्न एक कोरियन र एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा कोरियन नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम बाघमारे छन् । ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीले कोरियन नागरिक ली ले तीन किलोग्राम कोकिन पेरुबाट काठमाडौँ ल्याई भारतीय नागरिकलाई बिक्री गर्न लागेका अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

कोरियन नागरिकले हातमा बोक्ने झोलाभित्र फल्स बटम बनाई कोकिन ल्याएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी सुक पेरुबाट स्पेन, कतार हुँदै तीन दिन अगाडि काठमाडौँ आइपुगेको प्रवक्ता रेग्मीले बताए । यसअघि जुलाईमा पनि उनी नेपाल आएर कोरिया फर्केको अनुसन्धानमा खुलेको छ ।

पक्राउ भारतीय नागरिकसँग मुम्बई प्रहरीको आइडी कार्ड फेला परेको प्रवक्ता रेग्मीले बताए । पक्राउ कोरियन नागरिकसँग प्रहरीले तीन किलोग्राम कोकिन, एक थान पासपोर्ट र दुई थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम रु ५० हजारका दरले तीन किलोग्रामको रु १५ करोड हाराहारीमा रहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ८ : ४१ बजे

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी

सार्वजनिक मर्यादाविपरीत क्रियाकलाप गर्ने पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा रहेका स्पा तथा मसाज सेन्टरमा व्यावसायिक