चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली « Khabarhub

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुनः रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका छन् ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब छ हजार नेपाली रोजगारीका लागि भारत गइरहेको सीमास्थित सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ । उनीहरू चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट केही समयअघि घर फर्किएका थिए ।

लामो समयदेखि भारतको मुम्बईमा रोजगारी गर्दै आएका डोटीको आदर्श गाउँपालिकाका रमेशबहादुर साउद केही समयअघि चाडपर्व मनाउन घर आएका थिए । अहिले उनी पुनः रोजगारीका लागि भारत फर्कन लागेका छन् । उनी मुम्बईस्थित एक होटलमा भान्सेको काम गर्छन् ।

नेपालमा रोजगारी पाउन कठिन हुनुका साथै काम पाए पनि त्यसबाट हुने आम्दानीले परिवारको खर्च धान्न मुस्किल पर्ने भएकाले भारत जानुपरेको साउदले बताए ।

सोही नाकाबाट भारत जाँदै गर्नुभएका कैलालीको गोदावरीका हरि नेपाली बडादसैँमा टीका लगाउन र परिवारसँग भेटघाट गर्न घर आएको बताए । उनी अहिले रोजगारीका लागि भारतको सुरत जाँदै छन् । बाजुराका नरेश बुढा पनि रोजगारीका लागि भारतको पञ्जाव् जाँदै छन् ।

सुदूरपश्चिमका नेपाली छोटो तथा लामो समयका लागि रोजगारी गर्न भारत जाने गरेका छन् । खेतीपाती हुनेहरू कृषि काम सकेर अन्नबाली भित्र्याउने समयसम्म भारतमा काम गर्छन् भने खेतीपाती नहुनेहरू लामो समयसम्म भारतमा बसेर चाडपर्वका बेला घर फर्कने र त्यसपछि पुनः काममा जाने गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाबाट रोजगारीका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागढ, नासिक र पञ्जाव्लगायत सहरमा जाने गरेका छन् । भिसा नलिई भारत जान र त्यहाँ रोजगारी पाउन सहज भएकाले पनि नेपालीहरू रोजगारीका लागि भारत जाने गरेको पाइन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ९ : ०५ बजे

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

काठमाडौं– धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी