धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ « Khabarhub

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३८ वर्षीय सूर्यबहादुर थिङ रहेका छन् ।

मंसिर १२ गते ढुंगाना आफ्नै घरको कोठामा शंकास्पद अवस्थामा मृत फेला परेका थिए । उनको टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको र दाहिने हातको नाडीको हड्डी भाँचिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा थिङले मंसिर ११ गते राति ढुंगानालाई कुटपिट गरी हत्या गरेको खुलेको छ ।

पक्राउ परेका थिङलाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

प्रहरीका अनुसार थिङ यसअघि पनि सार्वजनिक अपराध तथा हातहतियारसम्बन्धी कसुरमा अनुसन्धानमा परेका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  १० : १० बजे

धादिङमा ६५ वर्षीय वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ – धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको

रारा संरक्षणमा योगदान पुर्‍याएका बिर्खबहादुर रोकाया त्रिविबाट सम्मानित

काठमाडौं – रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु संरक्षण तथा स्थानीय

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

जेनेभा – विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी – महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर

कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कोकिनको अवैध कारोबार गर्ने दुई