भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित « Khabarhub

भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० शृङ्खलाको चौथो खेलमा न्युजिल्यान्डले भारतमाथि जित निकालेको छ। बुधबार भएको चौथो प्रतिस्पर्धामा न्युजिल्यान्डले भारतमाथि ५० रनको जित निकालेको हो ।

५ खेलमा तीन खेल जितेर सिरिज आफ्नो पक्षमा पारिसकेको भारतलाई चौथो खेलमा न्युजिल्यान्डले हराएको हो । यो जितसँगै सिरिजमा न्युजिल्यान्डले ३–१ गरेको छ ।

विशाखापटनम एसिए–भिडिसिए क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो। उसका लागि टिम सिफर्टले अर्धशतक बनाए । ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रन बनाएका हुन् । डेभोन कन्वेले ४४ रन बनाउँदा ड्यारिल मिचेलले ३९ रन थपे ।

भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान दुईदुई विकेट लिएका थिए।

२ सय १६ रनको लक्ष्य पछ्याएको भारतको ब्याटिङ लाइनलाई न्युजिल्यान्डले सुरुमै ध्वस्त पारेको थियो । पहिलो बलमै अभिषेक शर्मा गुमाएपछि भारत दबाबमा परेको थियो ।

उसका लागि शिवम दुबेले २३ बलमा ६५ रन बनाए पनि त्यो पर्याप्त भएन । रिन्कु सिंहले ३० बलमा ३ चौका र २ छक्कासहित ३९ रन जोडे। सन्जु सामासनले २५ र रवि विष्नोईले १० रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारत १८ ओभर चार बलमा १ सय ६५ रनमै अलआउट भएको हो । न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले तीन, इश सोधी र जेकब डफीले समान दुईदुई विकेट लिए । भारत र न्युजिल्यान्डले सिरिजको अन्तिम खेल शनिबार खेल्दैछन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ६ : ४९ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु