सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति « Khabarhub

सिरियाली नेता अल-शारा र पुटिनबीच भेटवार्ता: सैन्य अखडाबारे सहमति


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मस्को – सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। भेटमा क्रेमलिनले मध्यपूर्वमा आफ्नो सैन्य निगरानीका लागि महत्त्वपूर्ण सैन्य अड्डाको भविष्य सुरक्षित गर्न सम्झौताका लागि सहमति गर्न चाहेको छ।

सिरियामा १४ वर्ष लामो रक्तपातपूर्ण गृहयुद्धका बेला रुस शाराका पूर्ववर्ती बशर अल–असदको प्रमुख सहयोगी थियो।

शाराको विद्रोही सेनाको हातबाट असदको पतनले यस क्षेत्रमा रूसको प्रभावमा ठूलो धक्का लागेको छ। सिरियामा रहेका रूसी विशालसैन्य अड्डाको स्थिति के रहने भन्नेमा प्रश्न उठेको छ।

पुटिनले त्यसयता शारासँग सम्बन्ध निर्माण गर्न काम गरिरहेको पाइन्छ, यद्यपि रुसले असद र उनकी पत्नीलाई मस्कोमा आश्रय दिइरहनु सम्बन्ध सुधारका लागि ठूलो अवरोध बनेको छ।

“हाम्रो अन्तरदेशीय सम्बन्ध पुनस्र्थापना गर्ने सन्दर्भमा धेरै काम भएको छ,” पुटिनले शारासँगको टेलिभिजन बैठकमा भनेका छन्।

सिरियाको उत्तरपूर्वी क्षेत्रमा कुर्द सेनाविरुद्ध शाराको हालैको आक्रमणलाई सङ्केत गर्दै पुटिनले भने, “हामीले सिरियाको क्षेत्रीय अखण्डता पुनस्र्थापना गर्ने तपाईंको प्रयासलाई नजिकबाट नियालेका छौँ र यो प्रक्रियाले प्राप्त गरेको गतिका लागि म तपाईंलाई बधाई दिन चाहन्छु।”

सत्तामा आएपछि पुटिनसँगको दोस्रो भेटवार्तामा शाराले सिरियाको एकता र स्थायित्वमा मात्र नभई सम्पूर्ण क्षेत्रमा रुसको ऐतिहासिक भूमिका रहेको बताए।

दुवैले सिरियामा रुसको सैन्य उपस्थितिको उल्लेख गरेका छैनन्। यद्यपि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यस पहिले नै भनेका थिए, “दुई देशका नेताबीच हुने वार्तामा यो मुद्दा उठ्नेछ भन्ने कुरामा म विश्वस्त छु।”

सिरियामा रुसका हमिमिम एयरबेस र सिरियाको भूमध्यसागरीय तटमा टार्टस नौसेना बेस गरी दुई बाँकी विशाल सैन्य चौकीहरू रहेका छन्।

यो पूर्व सोभियत सङ्घ बाहिर रूसको केवल दुई आधिकारिक सैन्य अड्डा हो।

क्रेमलिनले यस हप्ताको सुरुमा कुर्दहरूको कब्जामा रहेको उत्तरपूर्वी सिरियाको कामिश्ली विमानस्थलबाट आफ्नो सेना फिर्ता गरेको थियो।

सिरियाले मस्कोसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ, यद्यपि रूसले बारम्बार असदलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ७ : १५ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु