सर्वत्र पाका उम्मेदवारको रजगज « Khabarhub

जेन-जी आन्दोलनको उपहास

सर्वत्र पाका उम्मेदवारको रजगज



काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिमा पुस्तान्तरणको बहससँगै उमेरको चरम अन्तर देखिने निर्वाचन बनेको छ। यसपटक चुनावी मैदानमा २५ वर्षका जेन–जी नेतादेखि ७० वर्ष नाघेका वृद्ध नेतासम्म प्रतिस्पर्धामा उत्रिएका छन्।

केही समयअघि ‘पुराना दल र पुराना नेताको राजनीति अन्त्य गरी नयाँ पुस्ताले देश चलाउनुपर्छ’ भन्ने मागसहित भदौ २३ र २४ को जेन-जी आन्दोलन भएको थियो। उक्त आन्दोलनमा थुप्रै किशोर किशोरीले ज्यान गुमाएपछि अब देशको नेतृत्व नयाँ पुस्ताको हातमा जाने आशा गरिएको थियो। तर निर्वाचनको दृश्य हेर्दा भने पुनः पुरानै पार्टी र दशकौँदेखि सत्तामा प्रभाव जमाइरहेका नेताहरू नै चुनावी दौडमा अग्रपंक्तिमा देखिएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार कोशी प्रदेशमा मात्रै ७० वर्ष माथिका उम्मेदवारको उल्लेख्य उपस्थिति छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार कोशी प्रदेशमा मात्रै ७० वर्ष माथिका उम्मेदवारको उल्लेख्य उपस्थिति छ। कोशी प्रदेशकै सबैभन्दा ज्येष्ठ उम्मेदवारका रूपमा ८३ वर्षीय हिरण्यप्रसाद भट्टराई देखिएका छन्। उनले झापा क्षेत्र नं १ बाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन्। त्यस्तै, ओखलढुङ्गा–१ बाट राष्ट्रिय जनमोर्चाका ८० वर्षीय शेरबहादुर खत्री पनि चुनावी मैदानमा छन् ।

यीमध्ये केही नेताहरू यसअघि देशको प्रधानमन्त्री भइसकेका छन् भने केही आफ्नो राजनीतिक सिद्धान्त जोगाउन ८० को दशकको उमेरमा पनि सक्रिय राजनीतिमा होमिएका छन्। कोशी प्रदेश मात्र होइन, राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेलेका धेरै प्रभावशाली नेताहरू ७० वर्ष नाघेका उमेर समूहका छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइराला मोरङ क्षेत्र नं ६ बाट उम्मेदवार बनेका छन् । उनी ७५ वर्षका छन्।

यस्तै, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ७४ वर्षको उमेरमा झापा क्षेत्र नं ५ बाट चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसका ७२ वर्षीय विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट पुनः उम्मेदवार बनेका छन्।

अन्य दलका तर्फबाट पनि पाका उमेरका उम्मेदवारहरूको उपस्थिति उल्लेखनीय छ। नेपाल जनमुक्ति पार्टीबाट झापा–२ का उम्मेदवार मनबहादुर पुलामी मगर ७५ वर्षका छन् भने कांग्रेसबाट भोजपुर–१ का बालकृष्ण थापा ७३ वर्षका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुनसरी–४ का प्रेमप्रसाद भट्टराई ७२ वर्ष पुगेका छन् भने जनमत पार्टीबाट झापा–३ का उम्मेदवार हरसलाल राजवंशी ७१ वर्षका छन्।

संखुवासभाबाट केशरसिंह राई, मोरङ–१ बाट पूर्णबहादुर वाइवा तामाङ, मोरङ–२ बाट चन्द्रवीर राई र मोरङ–५ बाट नेकपा माओवादी केन्द्रका गंगाप्रसाद गिरी पनि ७० वर्ष नाघेका उम्मेदवार हुन्।

आयोगको सूचीअनुसार सबैभन्दा पाका उमेरका उम्मेदवार ८८ वर्षीय महेन्द्र राय यादव छन्। उनी सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य बन्न फेरि मैदानमा उत्रिएका हुन्। यादव २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकतामा उल्लेखित उमेर त्रुटिपूर्ण रहेको उनको दाबी छ। यही उमेर विवादका कारण २०७९ को प्रतिनिधिसभाको पहिलो बैठकको अध्यक्षता गर्ने प्रस्ताव आए पनि उनले जिम्मेवारी लिन अस्वीकार गरेका थिए।

यस्तै, ८७ वर्षीय मदनदेव आचार्य काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवार छन्। पूर्वप्रशासकसमेत रहेका आचार्यको ‘खिचडी’ नामक पुस्तक प्रकाशित छ। देशका लागि अझै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ आफू चुनावी मैदानमा उत्रिएको आचार्य बताउँछन्।

स्वतन्त्र उम्मेदवारहरूमा पनि पाका उमेरका आकांक्षी देखिन्छन्। ८२ वर्षीया पञ्चकुमारी मानन्धर काठमाडौं–९ बाट स्वतन्त्र उम्मेदवार बनेकी छन् भने ८१ वर्षीय प्रेमबहादुर राना मगर महोत्तरी–१ बाट स्वतन्त्र रूपमा प्रतिस्पर्धामा छन्। ८१ वर्षीय जयनारायण काफ्ले रुपन्देही–५ बाट र ८० वर्षीय शेरबहादुर खत्री ओखलढुङ्गा–१ बाट चुनावी मैदानमा छन्।

प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट कुल ४९५ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य बन्ने प्रतिस्पर्धामा छन्। जेन–जी आन्दोलनपछि उठेको पुस्तान्तरणको चाहना र चुनावी मैदानमा देखिएको वृद्ध नेताहरूको वर्चस्वले नेपाली राजनीतिमा नेतृत्व अब नयाँ पुस्तामा सर्छ कि पुरानै पुस्ताले निरन्तरता पाउँछ भन्ने प्रश्नलाई झन् गहिरो बनाएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ९ : ३३ बजे

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको