सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक « Khabarhub

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज एकै दिन सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । हो इतिहासकै उच्च मूल्य हो । बुधबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ७ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ११ : १७ बजे

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर

७८ वर्षमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन्, ‘अब ढुक्कले मर्छु’

सिरहा– अठहत्तर वर्षको उमेर, चाउरिएका गाला र थकित अनुहार । बुढेसकालमा