बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति « Khabarhub

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरताजस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबुत बनाउनु आवश्यक रहेको बताए। 

दुवै नेताबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भेट भएको हो । बेलायत–चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासुसी आरोप, युक्रेन युद्धमा रुसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो । आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री स्टार्मर नै छन् ।

राष्ट्रपति सीले विगतका वर्षहरूमा सम्बन्धमा अवरोध आएको स्वीकार गर्दै वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता र सहकार्य सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे । उनले राष्ट्रिय सुरक्षा र मानव अधिकारसम्बन्धी चिन्ताबीच चीनसँग संवाद अघि बढाउन स्टार्मरले सामना गर्नुपरेको आलोचनालाई पनि संकेत गरे।

प्रधानमन्त्री स्टार्मरले चीनसँग कूटनीतिक संवाद र आर्थिक सहकार्य कायम राख्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने नीति अपनाएको स्पष्ट पारे । उनले सरकारमा आएपछि बेलायतलाई अन्तर्राष्ट्रिय रूपमा पुनः सक्रिय बनाउने वाचा गरेको स्मरण गराउँदै विदेशमा हुने घटनाले घरेलु अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरे।

आर्थिक वृद्धि र जीवनयापन लागतको दबाब सामना गरिरहेको बेलायती सरकारले चीनमा व्यापारिक अवसर विस्तार गर्न खोजेको छ । यसै क्रममा स्टार्मरको भ्रमणमा ५० भन्दा बढी शीर्ष व्यापारीहरू सहभागी भएका छन् ।

ट्रम्पको नेतृत्वमा विश्वव्यापी व्यापारमा आएको अवरोधका कारण धेरै मुलुक नयाँ साझेदारी खोज्न सक्रिय बनेका छन् । यसै सन्दर्भमा स्टार्मर दक्षिण कोरिया, क्यानाडा र फिनल्यान्डपछि यस महिना बेइजिङ भ्रमण गर्ने चौथो अमेरिकी सहयोगी देशका नेता हुन्। 

उनले बिहीबार चीनको राष्ट्रिय जन काङ्ग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेट गरेका छन् । दुवै देशले विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ३४ बजे

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध

काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार

कास्कीमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

कास्की– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा

विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा आज वेस्ट

कालीगण्डकी लोकमार्ग : लमाए खोला पुल निर्माण आठ वर्षमा पूरा

पर्वत– उत्तर–दक्षीण जोड्ने राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा

म्याग्दी नदीमाथि झोलङ्गे पुल निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नम्बर– ४ को