काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’ योजना अन्तर्गत तेस्रो चरणका विजेता सार्वजनिक गरेको छ ।
आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गर्दै ल्याइएको यस योजनामा सहभागी ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथाद्वारा तेस्रो चरणका लागि एकजना विजेता छनोट गरिएको कम्पनीले जनाएको छ ।
यस तेस्रो चरणको डिजिटल गोलाप्रथामार्फत काठमाडौंका सुवर्ण खरेल बम्पर उपहार विजेता बनेका छन्।
नारायणस्थान, गणेशचोक, काठमाडौं निवासी खरेलले सिजी डिजिटल, बसुन्धराबाट सिजीको वासिङ मेसिन खरिद गरी सहभागिता जनाएका थिए ।
कम्पनीका अनुसार विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन् । यस भ्रमण प्याकेजमा काठमाडौं-मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ, खानपिन र मुम्बई सिटी टुर समावेश छ। साथै, मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको १ खेलको टिकटसमेत समावेश गरिएको छ ।
कम्पनीले योजना अझै जारी रहेको जानकारी गराएको छ । यो योजनामा सहभागी हुन ग्राहकहरूले सिजिको एसडीए उपकरण खरिद गरेपछि सीजीएसडीए [स्पेस] सिरियल नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरेर ३१००३ मा एसएम पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरूको छनोट गरिनेछ ।













प्रतिक्रिया