रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता « Khabarhub

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा परेका छन् । धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उनीविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता गरिएको छ ।

बेंगलुरुको हाई ग्राउण्ड्स प्रहरीले रणवीर सिंहविरुद्ध मुद्दा दर्ता गरेको हो । अतिरिक्त मुख्य महानगर मजिस्ट्रेट अदालतको निर्देशनपछि यो कारबाही गरिएको हो । बेंगलुरुका ४६ वर्षीय अधिवक्ता प्रशान्त मेथालले उजुरी दिएका हुन् ।

भारतीय मिडिया अनुसार यो घटना २०२५ नोभेम्बर २८ मा गोवामा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को समापन समारोहका क्रममा भएको हो । मञ्चमा उपस्थित हुँदा रणवीर सिंहले फिल्म ‘कान्तारा: च्याप्टर १’ बाट प्रेरित अभिनय प्रस्तुत गरेका थिए । तर उजुरीकर्ताको दाबी अनुसार उनले कर्नाटकको तटीय क्षेत्रमा अत्यन्तै पवित्र मानिने भूत कोला परम्परासँग सम्बन्धित पञ्जुरली र गुलिगा दैवको हाउभाउलाई मजाकिया र अपमानजनक ढंगले नक्कल गरेका थिए ।

त्यति मात्रै होइन, उजुरीमा रणवीर सिंहले स्थानीय रूपमा पूजिने रक्षक देवता चावुण्डी दैवलाई “महिला भूत” भनेर सम्बोधन गरेको आरोप पनि लगाइएको छ । उजुरीकर्ता प्रशान्त मेथालले चावुण्डी दैव आफ्नो कुलदेवता भएको बताउँदै यस्तो प्रस्तुतिले आफू मात्र होइन, हजारौँ भक्तहरूको धार्मिक भावना गहिरो रूपमा आहत भएको बताएका छन् ।

उनले यो कार्यलाई ईश्वर निन्दा को रूपमा व्याख्या गरेका छन् । उजुरीमा यो पनि उल्लेख छ कि रणवीर सिंहलाई मञ्चमा दैव परम्पराको अभिनय नगर्न आग्रह गरिएको थियो । तर आग्रह बेवास्ता गर्दै उनले भावनात्मक दृश्य प्रस्तुत गरेको आरोप छ । घटनाको भिडियो क्लिप पछि सोसल मिडियामा भाइरल भयो ।

त्यसपछि भक्तजनहरूबीच आक्रोश फैलिएको र साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने अवस्था सिर्जना भएको उजुरीमा भनिएको छ। प्रहरीले रणवीर सिंहविरुद्ध भारतीय न्याय संहिता, २०२३ का धारा १९६, २९९ र ३०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

यी धाराहरू धार्मिक भावना आहत पार्ने र सामाजिक सद्भाव बिगार्ने कार्यसँग सम्बन्धित छन् । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ । रणवीर सिंह वा उनका प्रतिनिधिबाट भने हालसम्म आधिकारिक प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  २ : ४६ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर