रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता « Khabarhub

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा परेका छन् । धार्मिक भावनामा चोट पुर्‍याएको आरोपमा उनीविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता गरिएको छ ।

बेंगलुरुको हाई ग्राउण्ड्स प्रहरीले रणवीर सिंहविरुद्ध मुद्दा दर्ता गरेको हो । अतिरिक्त मुख्य महानगर मजिस्ट्रेट अदालतको निर्देशनपछि यो कारबाही गरिएको हो । बेंगलुरुका ४६ वर्षीय अधिवक्ता प्रशान्त मेथालले उजुरी दिएका हुन् ।

भारतीय मिडिया अनुसार यो घटना २०२५ नोभेम्बर २८ मा गोवामा सम्पन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को समापन समारोहका क्रममा भएको हो । मञ्चमा उपस्थित हुँदा रणवीर सिंहले फिल्म ‘कान्तारा: च्याप्टर १’ बाट प्रेरित अभिनय प्रस्तुत गरेका थिए । तर उजुरीकर्ताको दाबी अनुसार उनले कर्नाटकको तटीय क्षेत्रमा अत्यन्तै पवित्र मानिने भूत कोला परम्परासँग सम्बन्धित पञ्जुरली र गुलिगा दैवको हाउभाउलाई मजाकिया र अपमानजनक ढंगले नक्कल गरेका थिए ।

त्यति मात्रै होइन, उजुरीमा रणवीर सिंहले स्थानीय रूपमा पूजिने रक्षक देवता चावुण्डी दैवलाई “महिला भूत” भनेर सम्बोधन गरेको आरोप पनि लगाइएको छ । उजुरीकर्ता प्रशान्त मेथालले चावुण्डी दैव आफ्नो कुलदेवता भएको बताउँदै यस्तो प्रस्तुतिले आफू मात्र होइन, हजारौँ भक्तहरूको धार्मिक भावना गहिरो रूपमा आहत भएको बताएका छन् ।

उनले यो कार्यलाई ईश्वर निन्दा को रूपमा व्याख्या गरेका छन् । उजुरीमा यो पनि उल्लेख छ कि रणवीर सिंहलाई मञ्चमा दैव परम्पराको अभिनय नगर्न आग्रह गरिएको थियो । तर आग्रह बेवास्ता गर्दै उनले भावनात्मक दृश्य प्रस्तुत गरेको आरोप छ । घटनाको भिडियो क्लिप पछि सोसल मिडियामा भाइरल भयो ।

त्यसपछि भक्तजनहरूबीच आक्रोश फैलिएको र साम्प्रदायिक सद्भावमा असर पर्न सक्ने अवस्था सिर्जना भएको उजुरीमा भनिएको छ। प्रहरीले रणवीर सिंहविरुद्ध भारतीय न्याय संहिता, २०२३ का धारा १९६, २९९ र ३०२ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

यी धाराहरू धार्मिक भावना आहत पार्ने र सामाजिक सद्भाव बिगार्ने कार्यसँग सम्बन्धित छन् । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ । रणवीर सिंह वा उनका प्रतिनिधिबाट भने हालसम्म आधिकारिक प्रतिक्रिया आएको छैन ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  २ : ४६ बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा