बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान « Khabarhub

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई तीव्र बनाएको छ । पार्टीले टोलस्तरीय बैठक, भेला, निर्वाचन परिचालन समितिमार्फत् अभियानलाई तीव्रता दिएको हो ।

यी समितिका उपसमिति गठन लगायतका काम एकसाथ अघि बढाइएको हो । एमालेका केन्द्रीय, प्रदेश र स्थानीय नेताहरू मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् ।

विगतका उपलब्धि र आगामी योजनाबारे उनीहरूले घरदैलोमा पुगेर जानकारी गराइरहेका छन् । यस्तै युवा, महिला र किसानलाई लक्षित कार्यक्रममार्फत् एमाले सघन रुपमा मतदातामाझ पुगि रहेको छ ।

यही क्रममा कमल गाउँपालिकाको वडा-६ मा निर्वाचन परिचालन समितिसहित विभिन्न समिति गठन गरिएको छ ।

बिहीबार खयरवारीमा आयोजित भेलाले पार्टीका नेता मोहिनी खनाल संयोजक र नीलकण्ठ निरौला सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो ।

समितिको सचिवमा वडा कमिटी अध्यक्ष युवराज पाठक छन् । यस्तै देवेन्द्र पराजुलीको संयोजकत्वमा युवा, सुजिता गुरागाईंको संयोजकत्वमा महिला, टंक सापकोटाको अध्यक्षमा ज्येष्ठ र खोमनाथ निरौलाको संयोजकत्वमा बुद्धिजिवी परिचालन समिति समिति गठन गरिएको पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज दीपक खड्काले बताए ।

पालिकाभरनै टोल तथा वडा समिति गठन भइरहेको गाउँकमिटी अध्यक्ष हरि ढकालले बताएका छन् ।

खयरबारीमा आयोजित विस्तारित वडा भेला कार्यक्रममा प्रमुख अतिथि प्रदेश कमिटी सदस्य बेनुप्रसाद शिवाकोटी थिए ।

त्यहाँ नेताहरू मणि भण्डारी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका वक्ताले आगामी निर्वाचनले राष्ट्रियता पक्षधर र राष्ट्र विरोधीको कित्ता छिनोफानो गर्ने बताए।

यस क्षेत्रबाट विगतदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएका छन् । काठमाडौंका पूर्वमेयर बालेन्द्र साहले चुनौती दिए पनि फागुन २१ को निर्वाचनमा एमालेको जीत सहज रहेको यहाँका मतदाताले दाबी गरेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ३ : ३५ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको