क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण « Khabarhub

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका दुई सय १५ जना विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको छ ।

बिहीबार विद्यालयले आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयलाई निरन्तर सहयोग गर्दै आएकी अक्षयकोष तथा जग्गा दाता स्थानीय समाजसेवी लक्ष्मी खड्काले विद्यालयका सबै विद्यार्थीलाई विद्यालय ब्याग झोला वितरण गरेकी हुन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराकुमार खड्काको अध्यक्षयता तथा वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरिएको थियो ।

खड्काले यस अघि पनि जेहेन्दार, गरिब तथा विपन्न  विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न ५ लाखको अक्षयकोष खड्का गरेर विद्यालयका जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति, स्टेसनरी उपलब्ध गराउँदै आएकी छिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काकी धर्मपत्नीसमेत रहेकी खड्का दम्पतीले विद्यालयको भौतिक संरचना निर्माण गर्न यस अघिनै दर्जनौँ रोपनी जग्गा दानसमेत गरेको विद्यालयका प्रधानाध्यापक ध्रुव कार्कीले बताए ।

विद्यालयले आफ्नो ५९औँ वार्षिकोत्सवका अवसरमा दोलखाका पुराना इन्जिनियर एवं जलस्रोत विज्ञ आत्मराम श्रेष्ठले विद्यालयमा लाइब्रेरी स्थापना गरिदिएका छन् ।

नेपाल सरकारका पूर्व सचिव समेत भैसकेका ई-श्रेष्ठले विद्यालयको शैक्षिक उपलब्धिका लागि पुस्तक लाइब्रेरी स्थापना गरेको बताए ।

कार्यक्रममा विद्यालयको भौतिक,सामाजिक,शैक्षिक क्षेत्रमा योगदान पुर्याउने पूर्व विद्यार्थी, अभिभावक, सहयोगी जग्गा दाता, अक्षयकोष दाता तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गरेको थियो । 

कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक कार्कीले प्रस्तुत गरेका थिए । 

त्यसैगरी कार्यक्रम लाइनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराकुमार खड्का, वैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेती, वडा अध्यक्ष शान्तबहादुर जिरेल, इन्जिनियर आत्मराम श्रेष्ठ लगायतले विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गरेका थिए । 

विद्यालयले विद्यार्थीको नियमित कक्षा उपस्थितिको लागि विद्यालय आमा थाल कार्यक्रम सुरु गर्दै विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकलाई खाना खाने थाल र छात्रवृत्ति समेत वितरण गरेको थियो । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ४९ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर