भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई « Khabarhub

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको सदस्यमा मनोनित नेपाली निर्देशक मीन भामलाई चलचित्र विकास बोर्डले बधाई दिएको छ ।

बोर्डले विज्ञप्ति बिहीबार एक जारी गरी बधाई दिएको हो । विज्ञप्तिमा बोर्डका अध्यक्ष दिनेश डीसीको हस्ताक्षर छ ।

भाम विश्व प्रतिष्ठित फेस्टिभलको जुरी सदस्य मनोनित हुनुलाई बोर्डले नेपाली फिल्म र समग्र सांस्कृतिक पहिचानको ऐतिहासिक उपलब्धि मानेको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको सशक्त र सृजनात्मक क्षमताको विश्वसनीय प्रमाण प्रस्तुत गरेको छ ।’

भामले निर्देशन गरेको पछिल्लो फिल्म ‘साम्बाला’ हो । सन् २०२४ मा प्रदर्शनमा आएको यो फिल्म ओस्कारका लागि नेपालबाट पठाइएको थियो ।

भाम पछिल्लो समय नेपाली कांग्रेस निकट रहेर राजनीतिमा पनि सक्रिय छन् । उनी चुनाव उठ्ने तयारी रहे पनि जुरीमा मनोनित भएकाले सोच परिवर्तन गरेको बुझिएको छ ।

विज्ञप्ति :

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ७ : ०० बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत