अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने « Khabarhub

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने यही २०८२ माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । चोटपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई ‘सेलुलाइटिस’ समस्या देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार लामिछाने १३ गते हाडजोर्नी विभागमाभर्ना भएका थिए। उपचारका क्रममा उनलाई नशाबाट एन्टिबायोटिक्स दिइएको र स्वास्थ्य अवस्थामा सुधार आएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।

यसैबीच अस्पतालले सामाजिक सञ्जालमा देखिएका केही फोटोहरू त्रिवि शिक्षण अस्पतालसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। अस्पताल प्रशासनले भ्रम फैलाउने खालका सामग्रीप्रति सचेत रहन आग्रह समेत गरेको छ ।

अस्पताल व्यवस्थापन अधिकृत सागर पौड्यालद्वारा जारी विज्ञप्तिमा उपचार प्रक्रिया सफल रहेको र अहिले लामिछानेको अवस्था सामान्य रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ८ : २३ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना