अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने « Khabarhub

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने


१५ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृह मन्त्री रवि लामिछाने उपचारपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले जारी गरेको प्रेस विज्ञप्तिअनुसार लामिछाने यही २०८२ माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । चोटपछि औषधि सेवन गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई ‘सेलुलाइटिस’ समस्या देखिएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार लामिछाने १३ गते हाडजोर्नी विभागमाभर्ना भएका थिए। उपचारका क्रममा उनलाई नशाबाट एन्टिबायोटिक्स दिइएको र स्वास्थ्य अवस्थामा सुधार आएपछि बिहीबार डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ।

यसैबीच अस्पतालले सामाजिक सञ्जालमा देखिएका केही फोटोहरू त्रिवि शिक्षण अस्पतालसँग सम्बन्धित नभएको स्पष्ट पारेको छ। अस्पताल प्रशासनले भ्रम फैलाउने खालका सामग्रीप्रति सचेत रहन आग्रह समेत गरेको छ ।

अस्पताल व्यवस्थापन अधिकृत सागर पौड्यालद्वारा जारी विज्ञप्तिमा उपचार प्रक्रिया सफल रहेको र अहिले लामिछानेको अवस्था सामान्य रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहिबार  ८ : २३ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित